आँखाले हातलाई भन्न सक्दैन। “मलाई तिम्रो खाँचो छैन” अनि टाउकोले खुट्टा हरूलाई “मलाई तिमीहरूको खाँचो छैन” भन्न सक्दैन। होइन। शरीरका ती अङ्गहरू जसलाई हामी दुर्वल सम्झन्छौं वास्तवमा तिनीहरू खुबै महत्वपूर्ण हुन्छन्। अनि शरीरका तुच्छ ठानिएका ती अङ्गहरूलाई खुबै बचाइन्छ। अनि शरीरका जुन अङ्गहरूलाई हामी लुकाउन चाहन्छौ तिनलाई हामी विशेष ध्यान दिंदछौं। हाम्रा शरीरका अझ सुन्दर अङ्गहरूलाई धेरै विशेष ध्यान दिइन्छ। तर परमेश्वरले शरीरको यसरी गठन गर्नु भएको छ कि उहाँले ती सम्मान नभएका अंगहरूलाई अझ धेरै सम्मान दिनु भएको छ। हाम्रो शरीरको भाग भाग नछुट्टियोस् भनी परमेश्वरले यसो गर्नु भएको हो। विभिन्न अंगहरूले आपस्तमा उसरी नै ध्यान दिने गरून्। परमेश्वर त्यही चाहनु हुन्छ। शरीरको कुनै एक अंगले दुःख पायो भने सम्पूर्ण शरीरले दुःख पाउँछ। अथवा यदि हाम्रो शरीरको एउटा अंगले सम्मान पाए अरू जम्मै अंगहरू पनि समान रूपले सम्मानित बन्नेछन्।
कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: कोरिन्थीहरूलाई पावलको पहिलो पत्र 12:21-26
३ दिन
बोलावट एउटा बाइबल योजना हो जुन जेरो कन (शून्य सम्मेलन)बाट सुरु भएको थियो। यो ख्रीष्टको शरीरमा प्रत्येक अङ्गको महत्त्वलाई पहिचान गर्दै र अरूहरूको सेवा गर्ने हाम्रा वरदानहरू र प्रतिभाहरूको प्रयोग गर्दै, अनलाइन वा अफलाइनको संसारमा जाने र उहाँको प्रेमको विषयमा बताउने परमेश्वरको बोलावटको प्रतिउत्तरमा केन्द्रित ३ दिने यात्रा हो; जुन हामी अहिले रहकै स्थानबाट सुरु हुन्छ।
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू