यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्तै छौ। यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्वरको अघि खतना भए जत्तिकै भएनन् र? तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्। बाहिरी रूपले मात्र यहूदी हुँ भन्दैमा ऊ पक्का यहूदी हुँदैन। त्यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन। भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्न सकिन्छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्माले गरेको कुरा हो। यस्तो खतना भएको मानिसको प्रशंसा मान्छेहरूबाट होइन तर परमेश्वरबाट हुन्छ।
रोमी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: रोमी 2:25-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू