रोमी 2:25-29
रोमी 2:25-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
व्यवस्था पालन गर्दछौ भनेता खतनाबाट साँच्चै लाभ हुन्छ, तर व्यवस्था उल्लङ्घन गर्दछौ भनेता तिम्रो खतना बेखतना हुन्छ। यदि शरीरमा बेखतना भएकोले व्यवस्थाका धार्मिक-विधान पालन गर्दछ भने, के त्यसको बेखतना खतना नै गनिनेछैन र? तब शरीरमा खतना नभएर पनि व्यवस्थाचाहिँ पालन गर्नेहरूले, लिखित व्यवस्था भएका र खतना पनि भएका तिमीहरू व्यवस्था उल्लङ्घन गर्नेहरूलाई दोषी ठहराउँछन्। बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
रोमी 2:25-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि व्यवस्थाको पालन गर्यौ भने खतनाको महत्त्व रहन्छ; तर व्यवस्थाको उल्लङ्घन गर्यौ भने तिमी खतना नगर्नेजस्तै हुन्छौ। खतना नभएकाहरू व्यवस्थाअनुसार चल्दछन् भने के तिनीहरू खतना भएकाजस्तै ठहरिँदैनन् र? तब शरीरमा खतना नभए तापनि व्यवस्था पालन गर्नेहरूले लिखित नियम भएका र खतना पनि भएका, तर व्यवस्था भङ्ग गर्ने तिमीलाई दोषी ठहराउँछन्। बाहिरी रूपमा यहूदी देखा पर्ने सबै साँचो यहूदी होइनन्, न त बाहिरी रूप र शारीरिक खतना नै साँचो खतना हो। बरु साँचो यहूदी चाहिँ त्यो हो, जो भित्रबाटै यहूदी हो। अनि साँचो खतना पनि आत्माद्वारा हृदयको खतना हो, तर लिखित नियमद्वारा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ।
रोमी 2:25-29 पवित्र बाइबल (NERV)
यदि तिमीहरूले व्यवस्था अनुशरण गरेको भए तिमीहरूको खतनाको माने रहने थियो। तर यदि तिमीहरूले व्यवस्था भङ्ग गर्यौ भने तिमीहरू कहिल्यै खतना नभएको ठर्हने छौ। गैर-यहूदीहरूको खतना भएको हुँदैन। तर यदि तिनीहरूले व्यवस्था अनुसार त्यसो गरे भने तिनीहरू खतना भएका ठहर्दछन्। तिमी यहूदीहरूसँग लिखित व्यवस्था र खतना छ, तर तिमीहरूले व्यवस्था भङ्ग गर्यौ। यसकारण ती मानिसहरू जसको शारीरिक खतना भएको छैन, तर तिनीहरूले व्यवस्थालाई मान्दछन्, यसले तिमीहरू दोषी भएको देखाउँदछ। यदि एक मानिस शारीरिक रूपले मात्र यहूदी हो भने ऊ साँच्चो अर्थमा यहूदी होइन। सत्य खतना शारिरिक खतना मात्र होइन। एक मानिस मनको भित्री तहबाट मात्र साँच्चो यहूदी हुँदछ। साँच्चो खतना आत्माद्वारा हृदयमा भएको हुँदछ विधानद्वारा होइन। यो आत्माले गरेको हुँदछ, लिखित व्यवस्थाले गरेको हुँदैन। हृदयमा खतना भएको मानिसले मात्र परमेश्वरबाट प्रशंसा पाउँदछ, अनि मानिसहरूबाट होइन।
रोमी 2:25-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यदि तिमीले व्यवस्था पालन गर्दछौ भने व्यवस्थाअनुसार यहूदीले लगाउनुपर्ने शरीरको खतना गरेको पनि ठीकै छ। तर तिमी व्यवस्था नै पालन गर्दैनौ भने खतना नभएको अधर्मी मानिसजस्तै छौ। यदि खतना नभएको मानिसले व्यवस्थाको कुरा पालन गर्दछ भने के तिनीहरू परमेश्वरको अघि खतना भए जत्तिकै भएनन् र? तिमी खतना भएका यहूदी खतना नभएका अन्यजातिहरूबाट दोषी ठहरिनेछौ किनभने तिमीहरू लिखित व्यवस्था भएका र शरीरको चिन्ह पाएका भएर पनि व्यवस्थालाई पालन गर्दैनौ तर शरीरको चिन्ह नलगाए तापनि अन्यजातिहरूले भने व्यवस्था पालन गर्दछन्। बाहिरी रूपले मात्र यहूदी हुँ भन्दैमा ऊ पक्का यहूदी हुँदैन। त्यसै गरी शरीरमा गरेको देखावटी खतना पनि खास खतना होइन। भित्री रूपमा यहूदी भए मात्र कसैलाई यहूदी भन्न सकिन्छ। साँचो खतनाचाहिँ शरीरमा भएको कुरा मात्र होइन तर हृदयमा पवित्र आत्माले गरेको कुरा हो। यस्तो खतना भएको मानिसको प्रशंसा मान्छेहरूबाट होइन तर परमेश्वरबाट हुन्छ।