परमप्रभु राजा हुनुहुन्छ! हे पृथ्वी, आनन्द गर! समुद्रका टापुहरू, तिमीहरू रमाओ! बादल र अन्धकारले उहाँलाई घेरेका छन्; उहाँले धार्मिकता र न्यायसित राज्य गर्नुहुन्छ। उहाँको अघि आगो जाँदै छ र चारैपट्टिका उहाँका शत्रुहरूलाई भस्म पार्दछ। उहाँको बिजुली चम्केकोले पृथ्वी उज्यालो हुँदछ, त्यो पृथ्वीले देखेर थरथरी हुँदछ। परमप्रभुको अघि, सारा पृथ्वीका प्रभुको अघि पहाडहरू मैनजस्तै पग्लेर जान्छन्। आकाशले उहाँको धार्मिकता प्रचार गर्दछ र सबै जातिहरूले उहाँको महिमा देख्दछन्।
भजनसंग्रह 97 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 97:1-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू