भजनसंग्रह 97:1-6

भजनसंग्रह 97:1-6 NNRV

परमप्रभुले राज्‍य गर्नुहुन्‍छ, पृथ्‍वी हर्षित होस्‌, टाढ़ाका किनार-किनारहरू पनि आनन्‍दित होऊन्‌। उहाँको वरिपरि बादल र घोर अन्‍धकार छन्‌, धार्मिकता र न्‍याय उहाँको सिंहासनका जग हुन्‌। उहाँको अगिअगि आगो जान्‍छ, र उहाँको चारैपट्टिका विरोधीहरूलाई भस्‍म पार्छ। उहाँको बिजुलीले संसारलाई प्रकाशित पार्छ, पृथ्‍वीले देख्‍छ र थरथरी काम्‍छ। परमप्रभुको सामुन्‍ने पर्वतहरू मैनझैँ पग्‍लन्‍छन्‌, सारा पृथ्‍वीका स्‍वामीको सामुन्‍ने। स्‍वर्गले उहाँका धार्मिकताको घोषणा गर्दछ, सबै मानिसहरूले उहाँका महिमाको दर्शन गर्छन्‌।