हे परमेश्वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्छ। यसकारण मतिर फर्केर मेरा शब्द सुन्नुहोस्। तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्छु। तपाईंका आफ्ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्टको आक्रमणदेखि मलाई आफ्ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्दा शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूसित माया छैन र ती घमण्डले बोल्छन्। म जतै फर्के पनि मलाई लडाउने मौका खोज्दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्। तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्ता छन्।
भजनसंग्रह 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 17:6-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू