भजनसंग्रह 17:6-12

भजनसंग्रह 17:6-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

म तपाईंमा पुकार गर्दछु, हे परमेश्‍वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्‍नुहोस्‌, र मेरो बिन्‍ती सुन्‍नुहोस्‌। आफ्‍ना शत्रुहरूबाट तपाईंमा शरण खोज्‍नेहरूलाई आफ्‍नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्‍नो महान्‌ प्रेमको आश्‍चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्‌। तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्‍नुहोस्‌। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्‌— ती दुष्‍टहरूबाट, जसले मलाई लुट्‌दछन्‌, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्‌। तिनीहरू आफ्‍ना निर्दयी हृदय बन्‍द गर्दछन्‌, र तिनीहरू आफ्‍ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्‌। तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्‌, र अब मलाई घेरा लगाउँछन्‌। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्‌। तिनीहरू शिकारको निम्‍ति भोकाएको सिंहजस्‍तै भएका छन्‌, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्‍छन्‌।

शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्

भजनसंग्रह 17:6-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे परमेश्‍वर, म तपाईंलाई पुकार्छु; किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ; तपाईंको कान मतिर लगाउनुहोस्, र मेरो बिन्ती सुन्‍नुहोस्। तपाईंको अचुक प्रेमको अद्‌भुत कार्यहरू देखाउनुहोस्; तपाईंमा शरण लिनेहरूलाई तिनीहरूका वैरीहरूबाट तपाईं आफ्नो दाहिने बाहुलीले बचाउनुहुन्छ। मलाई तपाईंको आँखाको नानीलाई झैँ रक्षा गर्नुहोस्; तपाईंको पखेटाको छायामा मलाई लुकाउनुहोस्, मलाई नष्‍ट पार्न आइलाग्ने दुष्‍टहरूबाट, मलाई घेरेर मार्न चाहने घातक शत्रुहरूबाट बचाउनुहोस्। तिनीहरूले आफ्ना निर्दयी हृदय बन्द गरेका छन्, र तिनीहरूका मुखले घमण्डका कुरा गर्दछन्। मलाई तिनीहरूले खोजी-खोजी निकालेर चारैतिर घेरेका छन्; मलाई जमिनमा पछार्नलाई तिनीहरू दाउ हेर्दछन्। तिनीहरू शिकारको निम्ति भोकाएको सिंहझैँ छन्, तिनीहरू एउटा डरलाग्दो सिंहझैँ झाडीमा ढुकिबस्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्

भजनसंग्रह 17:6-12 पवित्र बाइबल (NERV)

हे परमेश्वर, प्रत्येक पल्ट मैले तपाईंलाई बोलाएँ। तपाइँले मलाई जवाफ दिनुभयो। यसैले अब मेरो कुरा सुन्नु होस्। हे परमेश्वर, तपाईंले ती मानिसहरूलाई सहयोग गर्नुभयो, जसले तपाईंमाथि भरोसा गरे। तिनीहरू तपाईंको दाहिनेतर्फ उभिएका छन्। त्यसैले यो प्रार्थना तपाईंले आफ्ना भक्तजनहरू मध्ये एकजनाबाट सुन्नु होस्। तपाईंले आफ्नो आँखाको नानी जस्तै मेरो रक्षा गर्नुहोस्। तपाईंको छत्रछाँयामुनि मलाई लुकाउनु होस्। हे परमप्रभु, मलाई नष्ट गर्न खोज्ने दुष्ट मानिसहरूबाट जोगाउनु होस्। मेरो चारैतिरबाट घात पुर्याउन प्रयास गरिरहेका दुष्ट मानिसहरूदेखि मलाई जोगाउनु होस्। तिनीहरूमा दया छैन। तिनीहरू साह्रै अहंकारी छन्। तिनीहरूले परमेश्वरका कुराहरू सुन्दैनन्। ती मानिसहरूले मेरो खेदो गरे। अहिले तिनीहरू मेरो चारैतिर आक्रमण गर्न तयार छन्। ती दुष्ट मानिसहरू हिंस्रक सिंहहरू जस्तै अन्य प्राणीहरूलाई मारेर खान्छन्। तिनीहरू सिंहहरू जस्तै लुक्छन् र आक्रमण गर्न तयार रहन्छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्

भजनसंग्रह 17:6-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमेश्‍वर! म तपाईंसँग प्रार्थना गर्दछु किनभने तपाईंले मलाई उत्तर दिनुहुन्‍छ। यसकारण मतिर फर्केर मेरा शब्‍द सुन्‍नुहोस्। तपाईंको उदेकको प्रेम देखाएर हामीलाई बचाउनुहोस्। तपाईंको छेउमा रहँदा मेरा शत्रुहरूदेखि सुरक्षित हुन्‍छु। तपाईंका आफ्‍ना आँखाका नानीलाई झैँ मेरो रक्षा गर्नुहोस्। दुष्‍टको आक्रमणदेखि मलाई आफ्‍ना पखेटाको छायाँमुनि लुकाउनुहोस्। डरलाग्‍दा शत्रुहरूले मलाई घेरेका छन्, तिनीहरूसित माया छैन र ती घमण्‍डले बोल्‍छन्। म जतै फर्के पनि मलाई लडाउने मौका खोज्‍दै तिनीहरूले मलाई चारैपट्टि घेरिराखेका छन्। तिनीहरू मलाई टुक्रा-टुक्रा पार्न पर्खिरहेको सिंहजस्‍ता छन्।

शेयर गर्नुहोस्
भजनसंग्रह 17 पढ्नुहोस्