म तपाईंमा पुकार गर्दछु, हे परमेश्वर, किनकि तपाईंले मलाई जवाफ दिनुहुनेछ। तपाईंको कान मतिर थाप्नुहोस्, र मेरो बिन्ती सुन्नुहोस्। आफ्ना शत्रुहरूबाट तपाईंमा शरण खोज्नेहरूलाई आफ्नो दाहिने बाहुलीले बचाउनुहुने हे प्रभु, आफ्नो महान् प्रेमको आश्चर्यमय कुराहरू प्रदर्शन गर्नुहोस्। तपाईंका आँखाको नानीलाई झैँ मलाई बचाएर राख्नुहोस्। तपाईंका पखेटाको छायामुनि मलाई लुकाउनुहोस्— ती दुष्टहरूबाट, जसले मलाई लुट्दछन्, मेरा ती घातक शत्रुहरूबाट, जसले मलाई घेर्दछन्। तिनीहरू आफ्ना निर्दयी हृदय बन्द गर्दछन्, र तिनीहरू आफ्ना मुखले अहङ्कारसाथ कुरा गर्दछन्। तिनीहरूले मलाई खेदी-खेदी भेट्टाएका छन्, र अब मलाई घेरा लगाउँछन्। मलाई जमिनमा पछार्न तिनीहरू दाउ हेर्दछन्। तिनीहरू शिकारको निम्ति भोकाएको सिंहजस्तै भएका छन्, एउटा ठूलो सिंहझैँ तिनीहरू ढुकिबस्छन्।
भजनसंग्रह 17 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 17
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 17:6-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू