पृथ्वीदेखि परमप्रभुको प्रशंसा गर, जल-जन्तुहरू र गहिरा सागरहरू। बिजुली र असिना, हिउँ र बादलहरू, उहाँको आज्ञा मान्ने प्रबल बतास, उहाँको प्रशंसा गर। डाँडा र पर्वतहरू, फलका रूख र जङ्गलहरू, उहाँको प्रशंसा गर। घरेलु र जङ्गली जन्तुहरू, घस्रने जन्तु र चरा-चुरुङ्गी। हे राजाहरू र प्रजाहरू, सबै राजकुमारहरू र सबै शासकहरू, उहाँको प्रशंसा गर। हे ठिटाहरू र ठिटीहरू, बुढा-पाका र बालकहरू, उहाँको प्रशंसा गर। तिनीहरू सबैले परमप्रभुको नामको प्रशंसा गरून्! उहाँको नाम अरू सबै नामहरूभन्दा उच्च छ, उहाँको महिमा स्वर्ग र पृथ्वीभन्दा उच्च छ। उहाँले आफ्नो देशलाई बलियो बनाउनुभयो, त्यसैले उहाँका सबै आफ्ना जनहरूले, ती इस्राएलका मानिसहरू, जो उहाँका अति प्रिय छन्, तिनीहरूले उहाँको प्रशंसा गर्छन्। परमप्रभुको प्रशंसा गर।
भजनसंग्रह 148 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 148:7-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू