भजनसंग्रह 148:7-14

भजनसंग्रह 148:7-14 NNRV

पृथ्‍वीबाट परमप्रभुको प्रशंसा गर, हे विशाल जलजन्‍तु हो, र सबै गहिरा सागर हो, बिजुली र असिना, हिउँ र बादल, उहाँको वचन मान्‍ने आँधीबेहरी हो, पहाड़हरू र सबै डाँड़ाहरू हो, फल फलाउने रूखहरू र सबै देवदारुहरू हो, जङ्गली जनावर र सबै गाईबस्‍तुहरू हो, ससाना जन्‍तु र उड्‌ने पक्षीहरू हो, पृथ्‍वीका राजाहरू र सारा जातिहरू, राजकुमारहरू र सारा शासकहरू, युवकहरू र कन्‍याहरू, वृद्ध र बालकहरू, परमप्रभुको प्रशंसा गर। यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्‌, किनकि उहाँको नाउँ मात्र महान्‌ छ, उहाँको महिमा पृथ्‍वी र आकाशभन्‍दा पनि उच्‍च छ। उहाँले आफ्‍ना मानिसहरूका निम्‍ति एउटा सीङ खड़ा गर्नुभएको छ, जो उहाँका पवित्रजनहरू, उहाँको हृदयका नजिक रहने इस्राएलका प्रशंसा हुन्‌। हल्‍लेलूयाह!