परमप्रभुलाई धन्यवाद देओ किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको प्रेम अमर छ। सबै देवताहरूभन्दा महान् परमेश्वरलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ। सबै मालिकहरूभन्दा सर्वसामर्थी परमप्रभुलाई धन्यवाद देओ; उहाँको प्रेम अमर छ। उहाँले मात्र आश्चर्यका ठूल्ठूला कामहरू गर्नुहुन्छ; उहाँको प्रेम अमर छ। आफ्ना बुद्धिले उहाँले स्वर्ग बनाउनुभयो; उहाँको प्रेम अमर छ। उहाँले गहिरा सागरहरूमाथि पृथ्वीलाई बसाल्नुभयो; उहाँको प्रेम अमर छ। उहाँले घाम र जून बनाउनुभयो; उहाँको प्रेम अमर छ। घाम दिउँसो राज्य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ। जून र ताराहरू राती राज्य गर्न बनाउनुभयो; उहाँको प्रेम अमर छ। मिश्रीहरूका जेठा छोराहरूलाई उहाँले मार्नुभयो; उहाँको प्रेम अमर छ। उहाँले इस्राएलीहरूलाई मिश्रदेशदेखि निकाली ल्याउनुभयो; उहाँको प्रेम अमर छ। आफ्ना बलिया हात र शक्तिमान् पाखुराले निकाल्नुभयो; उहाँको प्रेम अमर छ।
भजनसंग्रह 136 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 136:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू