परमप्रभुको प्रशंसा गर! हे परमप्रभुका सेवकहरू हो! उहाँको नामको प्रशंसा गर! तिमीहरू, जो परमप्रभुको भवनमा हाम्रा परमेश्वरको मन्दिरमा खडा रहन्छौ, परमप्रभुको प्रशंसा गर! परमप्रभुको प्रशंसा गर किनभने उहाँ भलो हुनुहुन्छ, उहाँको नामको स्तुति गाओ किनभने उहाँ दयालु हुनुहुन्छ। उहाँले याकूबलाई, इस्राएलका प्रजालाई, आफ्नै लागि चुन्नुभयो। म जान्दछु कि हाम्रा परमप्रभु महान् हुनुहुन्छ, सबै अरू देवताहरूभन्दा अझ महान् हुनुहुन्छ। उहाँले स्वर्ग र पृथ्वीमा, समुद्रहरू र तीभित्रका गहिरा स्थानहरूमा आफूले इच्छा गरेअनुसार गर्नुहुन्छ। उहाँले पृथ्वीको पल्लो कुनाबाट आँधीका बादलहरू बटुल्नुहुन्छ। आँधीमा बिजुली चम्काउनुहुन्छ र आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
भजनसंग्रह 135 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 135:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू