परमप्रभुको प्रशंसा गर। परमप्रभुका नाउँको प्रशंसा गर, हे परमप्रभुका सेवकहरू, उहाँको प्रशंसा गर। तिमीहरू जो परमप्रभुको भवनमा, हाम्रा परमेश्वरको भवनमा सेवा गर्दछौ। परमप्रभुको प्रशंसा गर, किनभने परमप्रभु भलो हुनुहुन्छ। उहाँको नाउँको भजन गाओ, किनकि यो मनोहर छ। किनकि परमप्रभुले याकूबलाई आफ्नो बनाउन, र इस्राएललाई आफ्नै निज सम्पत्ति हुनलाई चुन्नुभएको छ। मलाई थाहा छ, कि परमप्रभु महान् हुनुहुन्छ, र हाम्रा प्रभु सबै देवहरूभन्दा महान् हुनुहुन्छ। स्वर्गमा, पृथ्वीमा, र समुद्रहरू र तिनका गहिराइमा परमप्रभुले आफ्नो इच्छाबमोजिम गर्नुहुन्छ। उहाँले पृथ्वीका सीमानाको छेउबाट बादल उठाउनुहुन्छ, उहाँले वर्षासित बिजुली पठाउनुहुन्छ, र उहाँले आफ्ना भण्डारहरूबाट बतास निकाल्नुहुन्छ।
भजनसंग्रह 135 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 135
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 135:1-7
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू