भजनसंग्रह 132:10-18

भजनसंग्रह 132:10-18 सरल नेपाली

तपाईंले आफ्‍नो दास दाऊदसँग प्रतिज्ञा गर्नुभयो, आफूले चुन्‍नुभएको राजालाई अस्‍वीकार नगर्नुहोस्, परमप्रभु! तपाईंले दाऊदसँग एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो; यो प्रतिज्ञा कहिल्‍यै तपाईं फिर्ता लिनुहुनेछैन: “म तेरो छोराहरूमध्‍ये एउटालाई राजा बनाउनेछु, तँपछि त्‍यसले राज्‍य गर्नेछ। यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्‍ति राजा हुनेछन्।” परमप्रभुले सियोनलाई चुन्‍नुभयो, उहाँले त्‍यसलाई आफ्‍नो बासस्‍थान बनाउन चाहनुहुन्‍छ: “यही ठाउँमा म सदासर्वदा बास गर्नेछु, यहीँ म राज्‍य गर्न चाहन्‍छु। सियोनलाई चाहिएका सबै थोक म प्रसस्‍त गरी दिनेछु, त्‍यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु। त्‍यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्‍यहाँका मानिसहरू आनन्‍दले गाउनेछन् र उच्‍च सोरले जयजयकार गर्नेछन्। त्‍यहाँ म दाऊदका सन्‍तानका एउटालाई महान् राजा बनाउनेछु, त्‍यहीँ मैले चुनेको राजाको राज्‍य म कायम राख्‍नेछु। त्‍यसका राज्‍यको फलिफाप हुनेछ, तर त्‍यसका शत्रुहरूलाई भने म लाजमा पार्नेछु।”

भजनसंग्रह 132 पढ्नुहोस्