भजनसंग्रह 132:10-18

भजनसंग्रह 132:10-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌। परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु। यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।” किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ। “यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु। म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु। यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌। “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु। म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्

भजनसंग्रह 132:10-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

आफ्ना सेवक दावीदको निम्ति, तपाईंका अभिषिक्त जनलाई अस्वीकार नगर्नुहोस्! याहवेहले दावीदसँग शपथ खानुभयो; एउटा पक्‍का शपथ, जुन उहाँले फिर्ता लिनुहुनेछैन: “म तेरो सिंहासनमा तेरा सन्तानहरूमध्ये एक जनालाई बसाल्नेछु। यदि तेरा छोराहरूले मेरो करार र मैले सिकाएका मेरा विधिहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदासर्वदाको निम्ति तेरो सिंहासनमा बस्‍नेछन्।” किनकि याहवेहले सियोनलाई चुन्‍नुभएको छ; उहाँले त्यसलाई आफ्नो वासस्थान बनाउने इच्छा गर्नुभएको छ; “यो सदासर्वदाको निम्ति मेरो विश्रामको स्थान हो; म यहीँ सिंहासनमा बस्‍नेछु; किनकि मैले यस्तै इच्छा गरेको छु। प्रशस्त खानपानका थोकले म त्यसलाई आशिष् दिनेछु; र त्यसका गरिबहरूलाई म रोटीले तृप्‍त पार्नेछु। त्यसका पुजारीहरूलाई पनि म मुक्तिको वस्त्र पहिराउनेछु; र त्यसका विश्‍वासयोग्य जनहरू आनन्दले सधैँ जयजयकार गर्नेछन्। “यहाँ दावीदको निम्ति म एउटा सिङ को टुसा उमार्नेछु; र मेरा अभिषिक्त जनको निम्ति बत्ती तयार गर्नेछु। म त्यसका शत्रुहरूलाई शर्मको वस्त्र पहिराउनेछु; तर त्यसको शिर भने प्रकाशमय मुकुटले शोभायमान हुनेछ।”

शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्

भजनसंग्रह 132:10-18 पवित्र बाइबल (NERV)

तपाईंको आफ्ना असल दास दाऊदको निम्ति, आफूले रोजेका राजालाई रद्द नगर्नुहोस्। परमप्रभुले दाऊदप्रति एक प्रतिज्ञा गर्नु भएथ्यो। परमप्रभुले दाऊदप्रति विश्वासी रहन्छु भनी प्रतिज्ञा गर्नु भएको थियो। परमप्रभुले वचन दिनु भएको थियो कि, दाऊद कै परिवारबाट राजाहरू आउने छन्। परमप्रभुले भन्नुभयो, “दाऊद, यदि तिम्रा नानीहरूले मेरो करार, र मैले सिकाएको नियमहरू पालन गरे भने, तिम्रो परिवारबाट कोही एकजना सधैँ राजा हुनेछ।” परमप्रभुले आफ्नो मन्दिरको लागि सियोन भन्ने ठाउँ रोज्नु भयो। त्यही ठाउँमा नै उहाँले आफ्नो घर बनाउन चाहनु भयो। परमप्रभुले भन्नुभयो, “यो सदा-सर्वदाको लागि मेरो ठाउँ हुनेछ। यो ठाउँ मैले रोजें जहाँ म हुने छु। म यस शहरलाई प्रशस्त खाद्य-प्रदार्थले पूर्ण रहोस् भनेर आशिष दिनेछु। गरीब भन्दा गरीब मानिसले पनि खानलाई प्रशस्त पाउने छ। म उनको पूजाहारीहरूलाई पनि उद्धारको वस्त्र पहिर्याउनेछु। अनि मेरा भक्तजनहरू त्यहाँ अत्यन्त खुशी हुनेछन्। म दाऊदको परिवारलाई बलियो पार्नेछु, यस ठाउँमा मैले आफूले रोजेका राजाको निम्ति एक, बत्तीको नियुक्त गरेको छु। म दाऊदका शत्रुहरूलाई लाज र शर्ममा ढाकि दिनेछु तर दाऊदको राज्यलाई उत्तरोत्तर बढाई दिनेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्

भजनसंग्रह 132:10-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तपाईंले आफ्‍नो दास दाऊदसँग प्रतिज्ञा गर्नुभयो, आफूले चुन्‍नुभएको राजालाई अस्‍वीकार नगर्नुहोस्, परमप्रभु! तपाईंले दाऊदसँग एउटा गम्‍भीर प्रतिज्ञा गर्नुभयो; यो प्रतिज्ञा कहिल्‍यै तपाईं फिर्ता लिनुहुनेछैन: “म तेरो छोराहरूमध्‍ये एउटालाई राजा बनाउनेछु, तँपछि त्‍यसले राज्‍य गर्नेछ। यदि तेरा छोराहरूले मेरो करार र मैले तिनीहरूलाई दिएका आज्ञाहरू साँचो प्रकारले पालन गर्छन् भने तिनीहरूका छोराहरू पनि तँपछि सदाकालका निम्‍ति राजा हुनेछन्।” परमप्रभुले सियोनलाई चुन्‍नुभयो, उहाँले त्‍यसलाई आफ्‍नो बासस्‍थान बनाउन चाहनुहुन्‍छ: “यही ठाउँमा म सदासर्वदा बास गर्नेछु, यहीँ म राज्‍य गर्न चाहन्‍छु। सियोनलाई चाहिएका सबै थोक म प्रसस्‍त गरी दिनेछु, त्‍यहाँका दरिद्रहरूलाई म अघाउने गरी खुवाउनेछु। त्‍यसका पूजाहारीहरूलाई तिनका सबै काममा म आशिष् दिनेछु र त्‍यहाँका मानिसहरू आनन्‍दले गाउनेछन् र उच्‍च सोरले जयजयकार गर्नेछन्। त्‍यहाँ म दाऊदका सन्‍तानका एउटालाई महान् राजा बनाउनेछु, त्‍यहीँ मैले चुनेको राजाको राज्‍य म कायम राख्‍नेछु। त्‍यसका राज्‍यको फलिफाप हुनेछ, तर त्‍यसका शत्रुहरूलाई भने म लाजमा पार्नेछु।”

शेयर गर्नुहोस्
भजनसंग्रह 132 पढ्नुहोस्