भजनसंग्रह 132:10-18

भजनसंग्रह 132:10-18 NNRV

तपाईंका दास दाऊदको खातिर तपाईंका अभिषिक्तलाई इन्‍कार नगर्नुहोस्‌। परमप्रभुले दाऊदसँग एउटा गंभिर शपथ खानुभयो, जसबाट उहाँ तर्किनुहुन्‍न: “म तेरो सिंहासनमा तेरा छोराहरूमध्‍ये एक जनालाई बसाल्‍नेछु। यदि तेरा छोराहरूले मेरो करार, र मैले तिनीहरूलाई सिकाएका मेरा कानूनहरू पालन गरे भने, तिनीहरूका छोराहरू पनि सदाको निम्‍ति तेरो सिंहासनमा बस्‍नेछन्‌।” किनभने परमप्रभुले सियोनलाई छान्‍नुभएको छ, उहाँले त्‍यसलाई आफ्‍नो निवासको निम्‍ति चाहनुभएको छ। “यो सदाकालको निम्‍ति मेरो विश्रामस्‍थान हो, म यहाँ सिंहासनमा बस्‍नेछु, किनकि मैले यही चाहेको छु। म यसको अन्‍नपानीमा प्रशस्‍त आशीर्वाद दिनेछु, र यसका गरीबहरूलाई म रोटीले तृप्‍त गराउनेछु। यसका पूजाहारीहरूलाई पनि म उद्धारको वस्‍त्र पहिराउनेछु, र यसका पवित्र जनहरू आनन्‍दले सधैँ जयजयकार गर्नेछन्‌। “यहाँ म दाऊदको निम्‍ति एउटा सीङ उत्‍पन्‍न गर्नेछु, र मेरो अभिषिक्तको निम्‍ति एउटा बत्ती तयार गर्नेछु। म त्‍यसका शत्रुहरूलाई शर्मको वस्‍त्र पहिराउनेछु, तर त्‍यसका शिरको मुकुट प्रकाशमय हुनेछ।”