भजनसंग्रह 106:1-16

भजनसंग्रह 106:1-16 सरल नेपाली

परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई धन्‍यवाद चढाओ किनभने उहाँ भलो हुनुहुन्‍छ, उहाँको प्रेम अनन्‍त छ। उहाँले गर्नुभएको सबै महान् कार्यहरूबारे कसले भन्‍न सक्‍छ? कसले उहाँलाई सम्‍पूर्णरूपले प्रशंसा गर्न सक्‍छ? उहाँका आज्ञा मान्‍नेहरू र सधैँ ठीक काम गर्नेहरू खुसी रहनेछन्। हे परमप्रभु, आफ्‍ना प्रजाको सहायता गर्नुहुँदा मलाई याद राख्‍नुहोस्, तिनीहरूलाई बचाउनुहुँदा मलाई पनि सम्‍झनुहोस्। तपाईंको प्रजाको फलिफाप भएको मैले देख्‍न पाऊँ, तपाईंका जातिहरूको आनन्‍दमा र तपाईंको गौरवमय सम्‍पत्तिमा मैले भाग लिन पाऊँ, हाम्रा पिता-पुर्खाहरूले जस्‍तै हामीले पाप गरेका छौं, हामी खराब र दुष्‍ट बनेका छौं। मिश्रमा हाम्रा पुर्खाहरूले परमेश्‍वरका उदेकका कामहरू बुझेनन्, धेरै चोटि उहाँले तिनीहरूलाई देखाउनुभएको प्रेम तिनीहरूले भुले र लाल समुद्रमा तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरको विद्रोह गरे। तर उहाँले प्रतिज्ञा गर्नुभएअनुसार आफ्‍ना परमशक्ति देखाउन उहाँले तिनीहरूलाई बचाउनुभयो। उहाँले लाल समुद्रलाई आज्ञा दिनुभयो र त्‍यो सुक्‍यो र उहाँले आफ्‍ना प्रजालाई सुखा जमिनमाथि पार गराउनुभयो। तिनीहरूलाई घृणा गर्नेहरूदेखि र तिनीहरूका शत्रुहरूबाट उहाँले तिनीहरूलाई बचाउनुभयो। तर समुद्रको पानीले तिनीहरूका शत्रुहरूलाई डुबाए, एक जना पनि बाँचेन। तब उहाँका प्रजाले उहाँको प्रतिज्ञामा विश्‍वास गरे र उहाँको प्रशंसाका भजन गाए। तर उहाँले गर्नुभएको काम छिट्टै तिनीहरूले भुले र उहाँको सल्‍लाह नपर्खी आफ्‍ना काम गरे। मरुभूमिमा तिनीहरूले अनेक प्रकारका लालसा गरे र परमेश्‍वरको जाँच गरे। यसैले तिनीहरूले मागेका सबै कुराहरू उहाँले तिनीहरूलाई दिनुभयो, तर एउटा डरलाग्‍दो रोग पनि तिनीहरूका बीचमा पठाउनुभयो। परमप्रभुका पवित्र सेवकहरू; मोशा र हारूनलाई, तिनीहरूले मरुभूमिमा ईर्ष्‍या गरे।

भजनसंग्रह 106 पढ्नुहोस्