भजनसंग्रह 103:7-18

भजनसंग्रह 103:7-18 सरल नेपाली

उहाँले आफ्‍नो योजना मोशालाई देखाउनुभयो र इस्राएलका प्रजालाई आफ्‍ना सामर्थी कामहरू देखाउनुभयो। परमप्रभु दयालु र प्रेमिलो, रिस गर्नमा ढीला र अनन्‍त प्रेमले पूर्ण हुनुहुन्‍छ। उहाँले हकारिरहनुहुन्‍न, सधैँ रिसाउनुहुन्‍न। हामीले पाउनुपर्ने उचित दण्‍ड उहाँले हामीलाई दिनुहुन्‍न, हाम्रा पाप र अपराधअनुसार उहाँले हामीलाई दण्‍ड दिनुहुन्‍न। स्‍वर्ग पृथ्‍वीदेखि जति अग्‍लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्‍यत्ति नै महान् छ। पूर्व दिशा पश्‍चिमदेखि जति टाढा छ, त्‍यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्‍छ। एउटा बुबा आफ्‍ना छोरा-छोरीहरूसँग जति दयालु हुन्‍छ, आफ्‍ना आदर गर्नेहरूसँग परमप्रभु त्‍यति नै दयालु हुनुहुन्‍छ। हामी केले बनिएका छौं, उहाँले जान्‍नुहुन्‍छ, हामी माटो मात्र हौं भनी उहाँलाई याद छ। हाम्रो बारेमा चाहिँ: हाम्रो जीवन घाँसजस्‍तै छ, जङ्गली फूलझैँ हामी फुल्‍दछौं र बढ्छौं; तब हावा त्‍योमाथि बहन्‍छ र त्‍यो उडि जाँदछ र त्‍यसलाई फेरि कसैले देख्‍दैनन्। तर परमप्रभुलाई आदर गर्नेहरूको लागि चाहिँ उहाँको प्रेम सदाकालको निम्‍ति रहनेछ। उहाँको करार साँचो प्रकारले मान्‍नेहरूमाथि र उहाँका आज्ञा विश्‍वासयोग्‍यसाथ पालन गर्नेहरूमाथि तिनीहरूका पुस्‍ता-पुस्‍तासम्‍म उहाँको भलाइ रहिरहनेछ।

भजनसंग्रह 103 पढ्नुहोस्