हे परमप्रभु, मेरो प्रार्थना सुन्नुहोस्, सहायताको लागि मेरो पुकार सुन्नुहोस्। म कष्टमा छँदा मदेखि तर्किनजानुहोस्, मैले पुकार्दा सुन्नुहोस् र झट्टै जवाफ दिनुहोस्। मेरो जीवन धुवाँझैँ हराउँदै छ, मेरो शरीर आगोझैँ जल्दै छ, म सुकेको घाँसझैँ दलिएको छु, मेरो खाने इच्छा हराएको छ। म कष्टमा जोडले कराउँदछु, म हाड र छाला मात्र भएको छु। म मरुभूमिको एउटा जङ्गली चरोजस्तो छु, ध्वंस भएका ठाउँमा छोडिएको लाटोकोसेरोजस्तै छु। अनि अनिद्राले म जागै रहन्छु, घरको धुरीमा भएको एकलो चराझैँ छु। दिनहुँ मेरा शत्रुहरूले मेरो अपमान गर्छन्, मलाई खिसी गर्नेहरूले सराप दिँदै मेरो नाम लिन्छन्। तपाईंका रिस र बल्दो क्रोधका कारणले खरानी मेरो खानेकुरा भएको छ र पिउने कुरामा मेरो आँसु मिसिएको छ। तपाईंले मलाई उठाएर फ्याँक्नुभयो। मेरो जीवन साँझको छायाजस्तै छ, म सुकेको घाँसजस्तै छु। तर तपाईं, हे परमप्रभु, सदाको निम्ति राजा हुनुहुन्छ, पुस्ता-पुस्ताले तपाईंलाई याद गर्नेछन्। तपाईं उठ्नुहुनेछ र सियोनलाई टिठ्याउनुहुनेछ, त्यसमाथि निगाह गर्ने बेला आइपुगेको छ र ठीक समय यही नै हो। सियोनको नाश भएको छ, तापनि तपाईंका सेवकहरूले त्यसलाई प्रेम गर्छन्। त्यसको ध्वंस भएको छ, तापनि तिनीहरूले त्यसलाई टिठ्याउँदछन्। जातिहरूले परमप्रभुको डर मान्नेछन्, पृथ्वीका सबै राजाहरूले उहाँको शक्तिको भय मान्नेछन्। जब परमप्रभुले सियोनलाई फेरि बनाउनुहुनेछ, उहाँले आफ्नो महान्ता देखाउनुहुनेछ। उहाँले आफ्ना त्यागिएका प्रजाको पुकार सुन्नुहुन्छ र तिनीहरूका प्रार्थना सुन्नुहुनेछ। आउने पुस्ताको लागि परमेश्वरले के काम गर्नुभएको छ, लेखिराख र आजसम्म नजन्मेका मानिसहरूले उहाँको प्रशंसा गर्नेछन्। अग्लोमा रहेको आफ्नो पवित्रस्थानबाट परमप्रभुले उँधो हेर्नुभयो, उहाँले स्वर्गबाट पृथ्वी हेर्नुभयो। उहाँले कैदीहरूका दु:खको पुकार सुन्नुभयो र प्राण दण्ड पाएकाहरूलाई छुटकारा दिनुभयो। सियोनमा परमप्रभुको नाम उच्च स्वरमा सुनाइनेछ, र यरूशलेममा उहाँको प्रशंसा हुनेछ। त्यति बेला जाति र राज्यहरू एक भएर आउनेछन् र परमप्रभुलाई पुज्नेछन्।
भजनसंग्रह 102 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 102:1-22
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू