भोलिको घमण्ड कहिल्यै नगर्नू, आज र भोलिभित्र के हुन्छ, कसैले जान्दैन। अरू मानिसहरूले र अपरिचितहरूले पनि तिमीलाई तारिफ गरून्; आफैंले आफूलाई कहिल्यै तारिफ नगर्नू। ढुङ्गा र बालुवा गह्रौं हुन्छ तर मूर्खले ल्याएको दु:ख अझै गह्रौं हुन्छ। रिस निर्दयी र मृत्युजनक हुन्छ तर डाहा रिसभन्दा विनाशकारी हुन्छ। गुप्त प्रेमभन्दा खुल्ला हप्की असल हो। मित्रले दिएको चोटले केही बिगार गर्दैन। तर शत्रुले अँगालो हाल्यो भने सावधान हुनू। अघाएको पेटले मह रुचाउँदैन तर भोकाएकोले तीतो पनि मीठो मानी खान्छ। घरबाट टाढा भएको मानिस गुँडबाट बिच्केको चराझैँ हो। अत्तर र सुगन्ध भएको तेलले मन खुसी पार्दछ, साथीको असल सल्लाह मित्रताको सुशीलता हो। आफ्ना मित्र वा आफ्ना बुबाका मित्रलाई नभुल। दु:ख पाउँदा भाइबाट सहायता नमाग। टाढाको भाइभन्दा छेउको छिमेकी असल हो। ए मेरो छोरो, बुद्धिमान् हो र मेरो मन प्रसन्न हुनेछ र मेरो निन्दा गर्नेलाई मुखभरिको उत्तर दिनेछु। समझदार मानिसहरू, खतरा आउँदैगरेको देखेर जोगिन्छन् तर सोच-विचार नगर्ने मानिस त्यसमा सोझै जाकिन्छ र पछि त्यसलाई पछुतो पर्छ।
हितोपदेश 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू