भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तँलाई थाहा हुँदैन। तेरै मुखले होइन अरूले तेरो प्रशंसा गरून्, तेरै ओठले होइन कोही अरूबाट होस्। ढुङ्गा गह्रौँ हुन्छ र बालुवा वजनदार, तर मूर्खको उत्तेजना ती दुवैभन्दा अझ गह्रौँ हुन्छ। क्रोध निर्दयी हुन्छ, र झोँकचाहिँ अत्यधिक, तर डाहको सामु को खड़ा हुनसक्छ? खुल्ला हप्की गोप्य प्रेमभन्दा असल हो। मित्रबाट पाएको चोट पत्यार गर्न सकिने हुन्छ, तर शत्रुका चुम्बन भने प्रचुर हुन्छन्। टन्न अघाएको व्यक्तिलाई मह अमन हुन्छ, तर भोकाएकालाई तीतोसमेत मीठो लाग्छ। आफ्नो गुँड़बाट भट्किएर निस्केको चराझैँ आफ्नो घरबाट भट्किएर निस्केको मानिस हुन्छ। अत्तर र धूपले मनलाई हर्षित पार्छ, र मित्रबाट पाइने मिठास उनको साँचो सल्लाह हो। आफ्नै मित्र र आफ्ना बुबाको मित्रलाई नत्याग्, र तँलाई विपत्ति आइपर्दा आफ्नो दाजुभाइको घरमा नजा, किनभने नजिकको छिमेकी टाढ़ाको दाजुभाइभन्दा बेस हो। हे मेरो छोरा, बुद्धिमान् बन्, र मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक््रयाइँको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्नेछु। बुद्धिमान्ले खतरा आइरहेको देख्छ र कतै शरण लिन्छ, तर सोझोचाहिँ त्यतैतिर जान्छ र दु:ख भोग्छ।
हितोपदेश 27 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 27:1-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू