हितोपदेश 24:1-10

हितोपदेश 24:1-10 सरल नेपाली

दुष्‍टहरूको ईर्ष्‍या नगर, तिनीहरूसित मित्रता पनि नगर। तिनीहरूले झगडा लाउने कुरा मात्र सोच्‍छन्। तिनीहरूले मुख बायो कि कसैको खति भइहाल्‍छ। बुद्धि र समझशक्तिको जगमा घर बनाइन्‍छ। ज्ञान भएको घरमा बहुमूल्‍य र सुन्‍दर कुराहरूले कोठाहरू सजाइएका हुन्‍छन्। शक्तिशाली हुनुभन्दा बुद्धिमान् हुनु धेरै असल हो। हो, ज्ञान बलभन्दा धेरै उत्तम हो। लडाइँ गर्नुभन्दा अघि होशियारीसित सल्‍लाह लिनुपर्छ र जति धेरै उचित सरसल्‍लाह लियो उति धेरै विजयी हुने आशा हुन्‍छ। बुद्धिका कुराहरू गहिरा हुन्‍छन् र मूर्खले बुझ्‍न सक्‍दैन। ठूला-ठूला कुरामा बहस चल्‍दा त्‍यसको भन्‍ने कुरा केही हुँदैन। सधैँ दुष्‍ट्याइँ गर्ने युक्ति गरे कचिङ्गल लाउने भनी नाम पाउनेछौ। मूर्खले सोचेको हरेक योजनामा पाप हुन्‍छ। अर्काको गिल्‍ला मात्र गर्ने मानिसलाई सबैले घृणा गर्छन्। सङ्कष्‍टको समयमा कमजोर व्‍यक्ति सधैँ कमजोर हुन्‍छ।

हितोपदेश 24 पढ्नुहोस्