हितोपदेश 21:1-9

हितोपदेश 21:1-9 सरल नेपाली

राजाको मन परमप्रभुको हातमा हुन्‍छ र त्‍यसलाई कुलोको पानीझैँ जता मन लाग्‍छ, उतै उहाँले फर्काउनुहुन्‍छ। मानिसले सधैँ आफू ठीक छु भनी सम्‍झन्‍छ तर परमप्रभुले उसको मनको उद्देश्‍य जाँच गर्नुहुन्‍छ। जे ठीक र न्‍यायपूर्ण छ, त्‍यही गर, त्‍यही परमप्रभुलाई बलिदानभन्दा बढी मनपर्दो हुन्‍छ। दुष्‍ट मानिसहरू आफ्‍ना घमण्‍ड र अहङ्कारका अधीनमा चल्‍दछन्, जुनचाहिँ पाप हो। होशियारीसित आफ्‍नो कामको योजना बनाए प्रसस्‍त लाभ हुन्‍छ तर हतार गर्नेचाहिँ दरिद्र हुन्‍छ। बेइमानसित कमाएको धन उडिजाने बाफ र प्राणघातक पासो हो। दुष्‍टहरू आफ्‍नै हिँसामा नाश हुन्‍छन्। ठीक कुरा गर्न तिनीहरू मान्‍दैनन्। अपराधीहरू बाङ्गो बाटोमा हिँड्छन् तर निर्दोषी ठीक चालमा चल्‍दछ। कचकचे स्‍वास्‍नीसित एउटै घरमा बस्‍नुभन्दा त घरको कौसीमा एक्‍लै बस्‍नु असल हो।

हितोपदेश 21 पढ्नुहोस्