सुतेर समय बिताउने दरिद्र हुन्छ। परिश्रम गर र भरपेट खान पाउनेछौ। ग्राहकले सधैँ “महङ्गो भयो” भनी भन्छ तर केही पर पुगेर आफूले भाउ कसेकोमा धाक लाउँछ। आफूले गरेको कुरा बुझ्ने मानिससित सुन वा हीरा-मोतीभन्दा बहुमूल्य वस्तु छ। नचिनेको मानिसको वा विदेशीको ऋणमा जमानी बस्ने मूर्ख मानिसले आफ्नो सम्पत्ति बन्धकी राखिनुपर्छ। बेइमानीसित कमाएको धन पहिले त स्वादिलो भोजनजस्तो मीठो हुन्छ तर पछि त्यो मुखमा बालुवासरह हुन्छ। असल अर्ती लेओ र सफलता पाउनेछौ, सल्लाह नलिई युद्ध गर्न नजाओ। बेकम्मा कुरा गर्नेले गुप्त कुरा लुकाइराख्न सक्दैन। कुराउटे मानिसहरूबाट टाढा बस। आफ्ना आमा-बुबालाई सरापे अँध्यारोमा बत्ती निभेझैँ तिमी मर्नेछौ। जति सजिलो पैतृक धन पाउँछौ, उति कम तिमीलाई लाभ हुन्छ। खराबीको साटो खराबी नगर, परमप्रभुमा भरोसा राख र त्यो उहाँले ठीक गर्नुहुनेछ। छली ढक-तराजु प्रयोग गर्नेलाई परमप्रभुले घृणा गर्नुहुन्छ। परमप्रभुले मानिसको बाटो तोकिदिनुभएको छ र आफ्नो जीवन कुन दिशातिर जाँदै छ, त्यो कसले जान्न सक्छ? परमेश्वरलाई केही भेटी दिने प्रतिज्ञा गर्नुअघि राम्ररी विचार गर, नत्र पछिबाट पछुताउ गर्नुपर्ला। बुद्धिमान् राजाले दुष्टहरूलाई ठिमाउँछन् र दया नगरी तिनीहरूलाई दण्ड दिन्छन्। परमप्रभुले हामीलाई मन र विवेक दिनुभयो, हामी आफैंबाट लुक्न सक्दैनौं। इमान, धर्म र न्यायले शासन गरे राजाको सिंहासन थामिन्छ। मानिसहरूले युवाको बलको प्रशंसा गर्छन् र बुढा-पाकाको फुलेको केशको आदर गर्छन्। कहिलेकहीँ मानिसले दु:ख पाएर मात्र आफ्नो चाल फेर्छ।
हितोपदेश 20 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 20:13-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू