हितोपदेश 2:1-9
हितोपदेश 2:1-9 सरल नेपाली
ए मेरो छोरो, मैले सिकाएको कुरा सिक् र मैले भनेको काम कहिल्यै नबिर्सी। बुद्धिको कुरा सुन् र त्यसलाई बुझ्ने कोसिस गर्। हो, बुद्धि माग् र अन्तर्दृष्टिको निम्ति बिन्ती गर्। चाँदी वा कुनै गाडधन खोजेझैँ त्यसको खोजी गर्। त्यसो गरिस् भने परमप्रभुको भय मान्नु भनेको के हो, त्यो बुझ्नेछस् र तैँले परमेश्वरको ज्ञान प्राप्त गर्नेछस्। बुद्धि दिनुहुने परमप्रभु नै हुनुहुन्छ, ज्ञान र समझशक्ति उहाँबाटै आउँछन्। उहाँले नै धर्मी र इमानदार मानिसहरूलाई सुरक्षा र विजय दिनुहुन्छ। उहाँले अरूसित न्यायको व्यवहार गर्नेहरूलाई रक्षा गर्नुहुन्छ र आफ्ना भक्तजनहरूको रेखदेख गर्नुहुन्छ। तैँले मेरा कुरा सुनिस् भने कुन कुरा ठीक, न्यायपूर्ण र सोझा छन्, ती तैँले बुझ्नेछस् र आफ्नो कर्तव्य जान्नेछस्।


