हितोपदेश 10:1-11

हितोपदेश 10:1-11 सरल नेपाली

सोलोमनका उखानहरू यी नै हुन्: बुद्धिमान् छोराले बुबाको छाती गर्वले फुलाउँदछ तर मूर्ख छोराले आफ्‍नी आमालाई पीर पार्दछ। बेइमानीले कमाएको धन काम लाग्‍दैन तर इमानदारीताले तिम्रो ज्‍यान बचाउँछ। परमप्रभुले असल मानिसहरूलाई भोकै रहन दिनुहुन्‍न तर दुष्‍टलाई त्‍यसले चिताएको कुरा पाउन दिनुहुन्‍न। अल्‍छी मानिस गरीब बन्‍दछ तर परिश्रमी मानिस धनी बन्‍दछ। ज्ञानी मानिसले बाली काट्‍ने समयमा अन्‍न बटुल्‍दछ, बाली काट्‍ने समयमा सुतिबस्‍नु बदनामी हो। असल मानिसहरूमाथि आशिष् बर्सन्‍छ तर दुष्‍टका वचनले त्‍यसको हिँसालु बानी लुकाइराख्‍दछ। असल मानिसहरूलाई आशिष्‌कै रूपमा सम्‍झना गरिंदछ तर दुष्‍टलाई छिट्टै बिर्सिइन्‍छ। ज्ञानी मानिसहरूले अर्तीका कुरा सुन्‍छन् तर मूर्ख कुरा गर्नेहरूचाहिँ नष्‍ट भएर जान्‍छन्। इमानदार मानिसले कुशल र सुरक्षा पाउँछ तर बेइमानीचाहिँ पक्राउ पर्छ। सत्‍य कुरा लुकाउनेले आपत्ति ल्‍याउँछ तर खुलस्‍त हप्‍काउनेले शान्‍ति कायम गर्दछ। असल मानिसको बोली जीवनको मूल हो, तर दुष्‍टको वचनले हिँसालु बानीलाई लुकाउँदछ।

हितोपदेश 10 पढ्नुहोस्