हितोपदेश 10:1-11

हितोपदेश 10:1-11 NNRV

बुद्धिमान्‌ छोराले आफ्‍ना बुबालाई खुशी तुल्‍याउँछ, तर मूर्ख छोराले आफ्‍नी आमालाई पिरोल्‍छ। अन्‍यायसँग कमाएको धनको केही मूल्‍य हुँदैन, तर धार्मिकताले मृत्‍युबाट छुटाउँछ। परमप्रभुले धर्मीहरूलाई भोकै रहन दिनुहुन्‍न, तर उहाँले दुष्‍टको लालसालाई विफल पार्नुहुन्‍छ। अल्‍छे हातहरूले मानिसलाई कङ्गाल तुल्‍याउँछन्, तर लगनशील हातहरूले सम्‍पत्ति आर्जन गर्छन्‌। ग्रीष्‍म ऋतुमा अन्‍न जोहो गर्ने छोरा बुद्धिमान्‌ हो, तर जो फसलको बेला सुत्‍छ त्‍यो बेइज्‍जत ल्‍याउने छोरो हो। धर्मात्‍माको शिरमाथि आशिष्‌को मुकुट रहन्‍छ, तर दुष्‍टको मुखमा हिंसा छिपेको हुन्‍छ। धर्मीको सम्‍झना गर्नु आशिष्‌मय हुनेछ, तर दुष्‍टको नाउँचाहिँ सड़ेर जानेछ। हृदयमा बुद्धिमान्‌ हुनेले आज्ञाहरू स्‍वीकार गर्छ, तर बकबके मूर्ख सर्वनाशमा पुग्‍छ। ईमानदार मानिस निर्धक्‍क हिँड्‌छ। तर टेढ़ो चाल चल्‍ने पक्राउ पर्नेछ। द्वेषपूर्ण आँखा झिम्‍क्‍याउनेले शोक ल्‍याउँछ, अनि बकबके मूर्ख सर्वनाशमा पुग्‍छ। धर्मात्‍माको मुख जीवनको फुहारा हो, तर दुष्‍टको मुखमा हिंसा लुकेको हुन्‍छ।