फिलिप्पी 4:14-20

फिलिप्पी 4:14-20 सरल नेपाली

तैपनि मलाई अप्‍ठ्यारो परेको बेला सहायता गरेर तिमीहरूले एकदमै राम्रो गर्‍यौ। सुरुमा मैले प्रचार गरी माकेडोनिया छोडेर जाँदा मलाई सहायता गर्ने मण्‍डली तिमीहरू मात्र थियौ। त्‍यो तिमीहरूलाई थाहै छ। मसँग लिन-दिनमा तिमीहरू मात्र भयौ। थेसलोनिकेमा मलाई खाँचो पर्दा पनि तिमीहरूले नै एक-दुई पल्‍ट सहायता गर्‍यौ। मैले तिमीहरूबाट दान पाउनलाई होइन तर तिमीहरूलाई नै लाभ होस् भन्‍ने चाहेको हुँ। मैले पाउनुपर्नेभन्दा बढ्ता पाएको छु। तिमीहरूले इपाफ्रोडिटसको हातमा पठाइदिएका दानहरू पाएर म तृप्‍त भएको छु। ती दानहरूचाहिँ परमेश्‍वरलाई मनपर्ने सुगन्‍धित र ग्रहणयोग्‍य बलिदान हुन्। मेरा परमेश्‍वरले नै तिमीहरूको खाँचो पूरा गर्नुहुनेछ। ख्रीष्‍ट येशूमा भएको उहाँको असीम धन सम्‍पत्तिबाट नै तिमीहरूलाई चाहिने कुरा दिनुहुनेछ। हाम्रा पिता परमेश्‍वरको सदासर्वदा जय-जयकार होइरहोस्! आमेन।

फिलिप्पी 4 पढ्नुहोस्