फिलिप्पी 4:14-20

फिलिप्पी 4:14-20 NNRV

तापनि मेरो कष्‍टमा तिमीहरू सहभागी भयौ, सो असल गर्‍यौ। तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन, किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ। मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌। मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु। मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ। अब हामीहरूका परमेश्‍वर र पितालाई सदासर्वदा महिमा होस्‌। आमेन।