फिलिप्पी 2:5-9

फिलिप्पी 2:5-9 सरल नेपाली

तिमीहरूको व्‍यवहार येशू ख्रीष्‍टको जस्‍तै होस्। उहाँ सधैँ परमेश्‍वरकै समान हुनुहुन्‍थ्‍यो। तर उहाँले बलजफती परमेश्‍वरसमान हुने विचारै पनि गर्नुभएन। उहाँले आफ्‍नै इच्‍छाले यी सबै त्‍याग्‍नुभयो अनि कमारोको रूप लिनुभयो। उहाँ हामीहरूजस्‍तै मानिस भएर जन्‍मनुभयो। उहाँले नम्र भएर मृत्‍युसम्‍म, क्रूसकै मृत्‍युसम्‍म आज्ञा मान्‍नुभयो। त्‍यसो हुँदा परमेश्‍वरले उहाँलाई सबैभन्दा माथि उठाउनुभयो र सर्वोच्‍च नाउँ दिनुभयो।

फिलिप्पी 2 पढ्नुहोस्