फिलिप्पी 2:5-9

फिलिप्पी 2:5-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तिमीहरूको एक-अर्कासँगको सम्बन्धमा ख्रीष्‍ट येशूको जस्तै मन होस्: उहाँ स्वभावमा परमेश्‍वर भएर पनि परमेश्‍वरको बराबरी हुने कुरालाई पक्रिराख्ने वस्तुजस्तो ठान्‍नुभएन; तर आफैँलाई रित्त्याईकन एउटा सेवकको रूप लिएर मानिसको प्रतिरूपमा बनिनुभयो। अनि स्वरूपमा मानिसजस्तै भएर, उहाँले आफैँलाई नम्र तुल्याउनुभयो, र मृत्युसम्मै अर्थात् क्रूसको मृत्युसम्म नै आज्ञाकारी हुनुभयो। त्यसैकारण परमेश्‍वरले उहाँलाई सर्वोच्‍च स्थानसम्म उच्‍च पार्नुभयो, र उहाँलाई एउटा नाम दिनुभयो, जो हरेक नामभन्दा उच्‍च छ

शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्

फिलिप्पी 2:5-9 पवित्र बाइबल (NERV)

आफ्नो जीवनमा ख्रीष्ट येशूले जस्तै सोच र गर। ख्रीष्ट आफैं हरेक कुरामा परमेश्वर जस्तै हुनुहुन्थ्यो। उनी परमेश्वर बराबरी हुनु हुन्थ्यो। तर उहाँले परमेश्वसित रहेको बराबरीलाई आफ्नो निम्ति राखिनु पर्ने सम्पत्ति झैं मान्नु भएन। परमेश्वरसित उहाँको ठाउँ उहाँले छोडिदिनु भयो, र मानव हुन जन्मनु भयो। अनि सेवक हुनु भयो। जब उहाँ यस पृथ्वीमा हुनुहुन्थ्यो, उहाँले आफैंलाई खुबै नम्र बनाउनु भयो। अनि उहाँ मृत्यु अँगाल्न सम्म आज्ञाकारी हुनु भयो, र क्रूसमा मर्नु भयो। ख्रीष्टले परमेश्वरको आज्ञा पालनन गर्नु भयो, यसर्थ परमेश्वरले उहाँलाई उच्च स्थानमा पुर्याउनु भयो। परमेश्वरले ख्रीष्टको नाउँलाई अरू सबै नाउँहरू भन्दा महान बनाउनु भयो।

शेयर गर्नुहोस्
फिलिप्पी 2 पढ्नुहोस्

फिलिप्पी 2:5-9

फिलिप्पी 2:5-9 NNRVफिलिप्पी 2:5-9 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्