गन्‍ती 27:12-20

गन्‍ती 27:12-20 सरल नेपाली

परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो अबीराम पर्वतमाथि जा र जुन देश म इस्राएलीहरूलाई दिँदछु, त्‍यस देशलाई हेर्‌। तैँले त्‍यो देश हेरेपछि तेरा दाजु हारूनझैँ तँ मर्नेछस् किनभने सीनको उजाड-भूमिमा तिमीहरू दुवैले मेरा आज्ञाको विरोध गर्‍यौ। जब सारा समुदायले मेरीबामा मेरो विरुद्धमा गनगन गरे, तिमीहरूले तिनीहरूका सामुन्‍ने मेरो पवित्र शक्ति स्‍वीकार गरेनौ।” (मेरीबा सीनको उजाड-भूमिमा कादेशको एउटा सानो खोला हो।) मोशाले प्रार्थना गरे, “परमप्रभु परमेश्‍वर, सारा प्राणीका मूल! म बिन्‍ती गर्दछु, यी मानिसहरूलाई अगुवाइ गर्न सक्‍ने एउटा मानिस नियुक्त गर्नुहोस्। जसले लडाइँमा पनि आदेशहरू दिन सक्‍छन् र तपाईंका मानिसहरू गोठालाबिनाका भेडाझैँ हुनेछैनन्।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनको छोरो यहोशूलाई लिएर त्‍यसको शिरमाथि हात राख्। त्‍यो एक योग्‍य मानिस हो। त्‍यसलाई पूजाहारी एलाजार र सारा समुदायको सामुन्‍ने उभिन लगा र तिनीहरूका सबैको अघि तँपछि तिनीहरूको अगुवा त्‍यो हो भनी घोषणा गर्‌। तेरो अधिकारको केही भाग त्‍यसलाई सुम्‍पिदे र सारा इस्राएलले उसको आज्ञा मानोस्।

गन्‍ती 27 पढ्नुहोस्