नहेम्‍याह 3:6-11

नहेम्‍याह 3:6-11 सरल नेपाली

पसेहको छोरा योयादा र बसोदयाहको छोरा मशुल्‍लामले पुरानो ढोका बनाए, तिनीहरूले बीमहरू र फाटकहरू बसाले र फाटक बन्‍द गर्ने छेस्‍किनी र आग्‍लाहरू लगाए। गिबोनवासी मलत्‍याह, मेरोनोतवासी यादान, गिबोन र मिस्‍पाका मानिसहरूले अर्को हिस्‍सा यूफ्रेटिसको पश्‍चिमतर्फको प्रान्‍तको बडा-हाकिमको बासस्‍थानसम्‍म बनाएर लगे। सुनार हरयाहको छोरो उज्‍जीएलले त्‍यस पछिको भाग बनाए। अत्तर बनाउने हनन्‍याहले अर्को हिस्‍सा बनाएर चौडा पर्खालसम्‍म पुर्‍याए। हूरको छोरो रपायाहले त्‍यस पछिको हिस्‍सा बनाए। उनले यरूशलेमको आधा जिल्‍लामाथि शासन गर्थे। त्‍यसपछि आफ्‍ना घरछेउको अर्को हिस्‍सा हारूमापको छोरा यदायाहले बनाए। त्‍यसपछिको अर्को हिस्‍सा हशबन्‍याहको छोरो हत्तूशले बनाए। त्‍यसपछि अर्को हिस्‍सा र भट्टीको बुर्जा हारीमको छोरा मल्‍कियाह र पहत-मोआबको छोरा हश्‍शूबले बनाए।

नहेम्‍याह 3 पढ्नुहोस्