नहेम्याह 3:6-11
नहेम्याह 3:6-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशना ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे। तिनीहरूका छेउमा गिबोनी मलत्याह र मेरोनोती यादान, गिबोन र मिस्पाका मानिसहरूले मरम्मत गरे। तिनीहरू यूफ्रेटिस पारिको प्रान्तका राज्यपालको अधिकारमुनि थिए। सुनार हरयाहका छोरा उज्जीएलले अर्को भाग मरम्मत गरे। त्यसका छेउको भाग अत्तर बनाउने हनन्याहले मरम्मत गरे। तिनीहरूले चौड़ा पर्खालसम्मै यरूशलेमको पुनर्निर्माण गरे। यरूशलेमको आधा जिल्लाका शासक हूरका छोरा रपायाहले अर्को भाग मरम्मत गरे। त्यससँग जोड़िएको भाग हरूमापका छोरा यदायाहले आफ्नो घरको सामुन्नेको अर्को भाग मरम्मत गरे। हशबन्याहको छोरा हत्तूशले अर्को भाग मरम्मत गरे। अर्को भागचाहिँ भट्टीको बुर्जासमेत हारीमका छोरा मल्कियाह र पहत-मोआबका छोरा हश्शूबले मरम्मत गरे।
नहेम्याह 3:6-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशना ढोकाचाहिँ यहोयादा पसेहका छोरा र मशुल्लाम बसोदयाहका छोराले मर्मत गरे। तिनीहरूले त्यसका चौकसहरू बसाले, र त्यसका ढोकाहरू, छेस्किनी र आग्लाहरू ठिक ठाउँमा लगाए। तिनीहरूका छेउको भाग गिबोनी र मिस्पाका मानिसहरूले मर्मत गरे, अर्थात् गिबोनको मलत्याह र मरोनोतीको यादोन—तिनीहरू यूफ्रेटिस नदीपारिका प्रान्तका अधिकृतहरूको अधिकारमुनि थिए। सुनारहरूमध्ये एक जना उज्जीएल हरहायाहका छोराले अर्को भाग मर्मत गरे; अत्तर बनाउनेहरूमध्ये एक जना हनन्याहले त्यस पछिको भाग मर्मत गरे। तिनीहरूले चौडा पर्खालसम्म यरूशलेमलाई पुनर्निर्माण गरे। त्यस पछिको भाग हूरका छोरा रपायाह, यरूशलेमको आधा जिल्लाका शासकले मर्मत गरे। त्यससित जोडिएको भाग यदायाह हारूमापका छोराले आफ्नो घरको सामुको भाग मर्मत गरे। अनि हत्तूश हशबन्याहका छोराले त्यस पछिको भाग मर्मत गरे। त्यस पछिको अर्को भाग मल्कियाह हारीमका छोरा र हश्शूब पहत-मोआबका छोराले चुल्होको चिम्नी मर्मत गरे।
नहेम्याह 3:6-11 पवित्र बाइबल (NERV)
पासेहका छोरा योयादा अनि बसोदयाहका छोरा मशुल्लमले पूरानो ढोका मर्मत गरे। तिनीहरूले यसको छप्पर मर्मत गरे ती ढोकाहरूमा चुकुल अनि बारहरू लगाए। तिनीहरूको छेउमा गिबोनी मलत्याह अनि मेरोनोती यादानले गिबोनका मानिसहरू अनि नदी यूफ्रेटिस प्रदेश पश्चिम प्रदेशको राज्यपाल अधिकारमा मिस्पाका मानिसहरू सहित मर्मत गरे। उसको छेउमा सुनार हर्हयाहका छोरा उज्जीएलले, मर्मत गरे। अनि उसको छेउमा हनन्याह, एकजना अत्तर बनाउनेले मर्मत गरे। अनि तिनीहरूले यरूशलेमको चौंडा पर्खालको भाग पुनःर्निर्माण गरे। तिनीहरूको छेउमा हूरका छोरा रपायाह यरूशलेमको आधा जिल्लाका शासकहरूले मर्मत गरे। तिनीहरूको छेउमा यदायाह, हरूमापका छोराले आफ्नै घरको सामुन्ने मर्मत गरे। अनि तिनको छेउमा हशबियाहको छोरा हत्तूशले मर्मत गरे। हारीमका छोरा मल्कियाह अनि पहात-मोआबका छोरा मश्शूबले दोस्रो अंश अनि चूल्होको बुर्जा मर्मत गरे।
नहेम्याह 3:6-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पसेहको छोरा योयादा र बसोदयाहको छोरा मशुल्लामले पुरानो ढोका बनाए, तिनीहरूले बीमहरू र फाटकहरू बसाले र फाटक बन्द गर्ने छेस्किनी र आग्लाहरू लगाए। गिबोनवासी मलत्याह, मेरोनोतवासी यादान, गिबोन र मिस्पाका मानिसहरूले अर्को हिस्सा यूफ्रेटिसको पश्चिमतर्फको प्रान्तको बडा-हाकिमको बासस्थानसम्म बनाएर लगे। सुनार हरयाहको छोरो उज्जीएलले त्यस पछिको भाग बनाए। अत्तर बनाउने हनन्याहले अर्को हिस्सा बनाएर चौडा पर्खालसम्म पुर्याए। हूरको छोरो रपायाहले त्यस पछिको हिस्सा बनाए। उनले यरूशलेमको आधा जिल्लामाथि शासन गर्थे। त्यसपछि आफ्ना घरछेउको अर्को हिस्सा हारूमापको छोरा यदायाहले बनाए। त्यसपछिको अर्को हिस्सा हशबन्याहको छोरो हत्तूशले बनाए। त्यसपछि अर्को हिस्सा र भट्टीको बुर्जा हारीमको छोरा मल्कियाह र पहत-मोआबको छोरा हश्शूबले बनाए।