मुख्य पूजाहारीहरूले चाहिँ त्यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्दिरको ढुकुटीमा राख्नु ठीक हुँदैन।” यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्न कुमालेको बारी भनिने जमिन किन्ने सल्लाह गरे। त्यसैकारण आजसम्म पनि त्यो जमिनलाई ‘रगतको जमिन’ भन्ने चलन छ। यसरी त्यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो, “इस्राएलका मानिसहरूले उहाँको लागि तोकेको मोलचाहिँ चाँदीका तीस सिक्का थियो। त्यो तिनीहरूले लिए। अनि परमप्रभुले मलाई अह्राउनुभएजस्तै गरी तिनीहरूले त्यो पैसा कुमालेको बारीको लागि दिए।”
मत्ती 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू