मत्ती 27:6-10

मत्ती 27:6-10 पवित्र बाइबल (NERV)

मुख्य पूजाहारीले सिक्काहरू बटुले। तिनीहरूले भने, “कानून अनुसार यस्तो पैसाहरू मन्दिरको पैसासँग मिसाउनु हुँदैन, किनभने यो पैसा कसैको मृत्युको लागि दिइएको हो।” त्यसपछि तिनीहरूले ती सिक्काहरूबाट कुम्हालेको खेत किन्ने निश्चय गरे। यो जमीनलाई तिनीहरूले यरूशलेममा घुम्न आउँदा मरेकाहरूको लाश गाड्ने ठाउँ बनाउने मतो गरे। यस कारणले आजसम्म त्यो खेतलाई रगतको जमीन भन्ने गरिन्छ। यसरी यस्तो हुनेछ भनेर यर्मिया अगमवक्ताले जे भनेका थिए सो पूर्ण भयो। “तिनीहरूले तीस वटा चाँदीका सिक्काहरू लिए। यहूदीहरूले त्यतिनै पैसा उहाँको जीवनको लागि चुक्ता गर्ने निश्चय गरेका थिए। परमप्रभुले मलाई आदेश गर्नु भए झैं तिनीहरूले ती तीस वटा सिक्काहरू कुम्हालेको जमीन किन्न चलाए।”

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्

मत्ती 27:6-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मुख्‍य पूजाहारीहरूले चाहिँ त्‍यो पैसा टिपेर भने, “यो त रगतको पैसा हो, यसलाई मन्‍दिरको ढुकुटीमा राख्‍नु ठीक हुँदैन।” यसकारण तिनीहरूले परदेशीहरूका लाश गाड्‍न कुमालेको बारी भनिने जमिन किन्‍ने सल्‍लाह गरे। त्‍यसैकारण आजसम्‍म पनि त्‍यो जमिनलाई ‘रगतको जमिन’ भन्‍ने चलन छ। यसरी त्‍यति बेला यर्मिया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो, “इस्राएलका मानिसहरूले उहाँको लागि तोकेको मोलचाहिँ चाँदीका तीस सिक्‍का थियो। त्‍यो तिनीहरूले लिए। अनि परमप्रभुले मलाई अह्राउनुभएजस्‍तै गरी तिनीहरूले त्‍यो पैसा कुमालेको बारीको लागि दिए।”

शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्