तर मुख्य पूजाहारीहरूले चाँदीका ती सिक्काहरू लिएर भने, “ढुकुटीमा यो राख्न उचित छैन, किनकि यो रगतको मोल हो।” तिनीहरूले आपसमा सल्लाह गरेर त्यस पैसाले परदेशीहरू दफन गर्न कुमालेको जमिन किने। यसैकारण त्यो जमिन आजसम्म पनि रगतको जमिन कहलाइन्छ। तब यर्मिया अगमवक्ताले भनेको कुरा पूरा भयो, “तिनीहरूले चाँदीका तीस सिक्का लिए, त्यस मूल्यको रूपमा, जुन मूल्य इस्राएलका छोराहरूले तिनीमाथि तोकेका थिए, र परमप्रभुले मलाई आदेश दिनुभएअनुसार कुमालेको जमिनको निम्ति तिनीहरूले दिए।”
मत्ती 27 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 27
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 27:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू