परमप्रभुले यहोशूलाई भन्नुभयो, “उठ्! किन यसरी भूइँमा लडिरहेको छस्? इस्राएलले पाप गरेको छ। मसँग गरेको वाचा जुन तिनीहरूले मान्न भनी मैले आज्ञा दिएको थिएँ, त्यो तिनीहरूले तोडेका छन्। मलाई चढाउन आज्ञा दिइएका थोकहरू केही तिनीहरूले लिएर राखेका छन्। तिनीहरूले ती थोक चोरे, तीबारे ढाँटे र आफ्ना चीजबीजसित एकसाथ राखे। त्यसैकारण इस्राएलीहरू आफ्ना शत्रुका विरुद्धमा खडा रहन सक्दैनन्। शत्रुका अघिबाट तिनीहरू भाग्छन् किनभने तिनीहरू आफैं नाश हुने दण्डमा परेका छन्। नलिनू भनी आज्ञा गरिएका तर तिमीहरूले चाहिँ लिएका चीजबीज तैँले नाश गरिनस् भने म तँसित रहनेछैनँ।
यहोशू 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 7:10-12
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू