यहोशू 7:10-12

यहोशू 7:10-12 NNRV

परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ्, तँ किन यसरी घोप्‍टो पर्छस्‌? इस्राएलले पाप गरेको छ। जुन करार मैले तिनीहरूसँग बाँधेको थिएँ, सो तिनीहरूले भङ्ग गरेका छन्‌। नाशको निम्‍ति अर्पण गरिएका मालबाट तिनीहरूले लिएका छन्‌। तिनीहरूले चोरी गरेका छन्‌ र झूठो काम गरेर तिनीहरूले ती तिनका आफ्‍नै मालतालसँग राखेका छन्‌। यसैकारण इस्राएलीहरू आफ्‍ना शत्रुको सामु अब खड़ा हुन सक्‍दैनन्‌। तिनीहरू श्रापित भएका हुनाले तिनीहरूले आफ्‍ना शत्रुहरूका सामुन्‍ने पीठ फर्काउनेछन्‌। तिमीहरूले आफ्‍ना बीचबाट सो नाशको निम्‍ति अलग गरिएका माललाई नष्‍ट नपारुञ्‍जेल म अब उप्रान्‍त तिमीहरूसँग रहनेछैन।