यहोशू 24:24-27

यहोशू 24:24-27 सरल नेपाली

तब मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वरको सेवा गर्नेछौं। हामी उहाँका आज्ञापालन गर्नेछौं।” यसकारण यहोशूले मानिसहरूका पक्षमा त्‍यो दिन एउटा करार बाँधे र त्‍यहाँ शकेममा तिनीहरूलाई नियम-कानुनहरू मान्‍न भनी दिए। यहोशूले ती आज्ञाहरू परमप्रभुको पवित्र नियमको पुस्‍तकमा लेखे। त्‍यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिएर, फलाँटको रूखमुनि परमप्रभुको पवित्र-स्‍थानमा खडा गरे। तिनले मानिसहरूलाई भने, “यो ढुङ्गा हाम्रो साक्षी हुनेछ। परमप्रभुले हामीलाई भन्‍नुभएको सबै कुरा यसले सुनेको छ। यसकारण यो तिम्रो विरुद्धमा साक्षी रहनेछ। तिमीहरूलाई आफ्‍ना परमेश्‍वरको विरुद्धमा जानदेखि रोक्‍नेछ।”

यहोशू 24 पढ्नुहोस्