यहोशू 24:24-27

यहोशू 24:24-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अनि मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेश्‍वरको सेवा हामी गर्नेछौं र उहाँकै वचन सुन्‍नेछौं।” यहोशूले त्‍यही दिन मानिसहरूसँग करार बाँधे, र शकेममा तिनीहरूका निम्‍ति विधि र विधान बनाए। यी सबै कुराहरू यहोशूले परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तकमा लेखे। अनि तिनले एउटा ठूलो ढुङ्गा लिएर परमप्रभुका पवित्रस्‍थाननेरका रूखमुनि स्‍थापना गरे। यहोशूले सबै मानिसहरूलाई भने, “हेर, यो ढुङ्गा हाम्रा विरुद्धमा साक्षी हुनेछ, किनकि परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ। तिमीहरू आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भयौ भने त्‍यो तिमीहरूका विरुद्धमा साक्षी हुनेछ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:24-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अनि मानिसहरूले यहोशूलाई भने, “हामी याहवेह हाम्रा परमेश्‍वरकै सेवा गर्नेछौँ; र उहाँकै आज्ञापालन गर्नेछौँ।” त्यस दिन यहोशूले मानिसहरूका निम्ति करार बाँधे। अनि शेकेममा तिनीहरूका निम्ति उर्दी र नियमहरू बनाए। अनि यहोशूले ती कुराहरू परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे। त्यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिए। अनि त्यसलाई याहवेहको पवित्र ठाउँको छेउमा फलाँटको रूखमुनि खडा गरे। तिनले सबै मानिसहरूलाई भने, “हेर! यो ढुङ्गा हाम्रो विरुद्धमा साक्षी हुनेछ। याहवेहले हामीलाई भन्‍नुभएका सबै कुराहरू यसले सुनेको छ। तिमीहरू आफ्ना परमेश्‍वरप्रति विश्‍वासयोग्य रहेनौ भने यो तिमीहरूको विरुद्धमा साक्षी हुनेछ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:24-27 पवित्र बाइबल (NERV)

तब मानिसहरूले यहोशूलाई भने, “परमप्रभु हाम्रा परमेशवरको सेवा गर्नेछौं। हामी उहाँको आज्ञा पालन गर्नेछौं।” यसर्थ त्यसदिन यहोशूले मानिसहरूका निम्ति एक करार गरे। यहोशूले त्यो करार शकेम नाउँको शहरमा गरे। त्यहाँ तिनीहरूले अनुशरण गर्नु पर्ने नियम बन्यो। यहोशूले यी कुराहरू परमेशवरको व्यवस्थाको पुस्तकमा लेखे। तब यहोशूले एउटा विशाल ढुङ्गा भेट्टाए। यो ढुङ्गा त्यो करारको प्रमाण थियो। उनले त्यो ढुङ्गालाई परमप्रभुको पवित्र पालको नजीकै भएको फलाँटको रूख मुनि राखे। त्यसपछि यहोशूले सबै मानिसहरूलाई भने, “यो ढुङ्गाले तिमीहरूलाई आज मैले भनेका कुराहरूको सम्झना गराउनमा सहायता गर्नेछ। जब परमप्रभु आज हामीसित बात गरिरहनु भएको बेला यो ढुङ्गा यहाँ थियो। यसर्थ यो ढुङ्गाले आज के भयो त्यही कुरा तिमीहरूलाई सम्झना गर्न सहायता गर्नेछ। यो ढुङ्गा तिमीहरूको विरूद्ध एउटा साक्षी बन्नेछ। यसले तिमीहरूलाई परमप्रभु तिमीहरूका परमेशवरको विरूद्धमा जान देखि रोक्नेछ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:24-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तब मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वरको सेवा गर्नेछौं। हामी उहाँका आज्ञापालन गर्नेछौं।” यसकारण यहोशूले मानिसहरूका पक्षमा त्‍यो दिन एउटा करार बाँधे र त्‍यहाँ शकेममा तिनीहरूलाई नियम-कानुनहरू मान्‍न भनी दिए। यहोशूले ती आज्ञाहरू परमप्रभुको पवित्र नियमको पुस्‍तकमा लेखे। त्‍यसपछि तिनले एउटा ठूलो ढुङ्गा लिएर, फलाँटको रूखमुनि परमप्रभुको पवित्र-स्‍थानमा खडा गरे। तिनले मानिसहरूलाई भने, “यो ढुङ्गा हाम्रो साक्षी हुनेछ। परमप्रभुले हामीलाई भन्‍नुभएको सबै कुरा यसले सुनेको छ। यसकारण यो तिम्रो विरुद्धमा साक्षी रहनेछ। तिमीहरूलाई आफ्‍ना परमेश्‍वरको विरुद्धमा जानदेखि रोक्‍नेछ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्