यूहन्‍ना 4:7-15

यूहन्‍ना 4:7-15 सरल नेपाली

त्‍यति नै खेर एउटी सामरी स्‍त्री पानी लिन त्‍यहाँ आइपुगिन्। येशूले तिनलाई भन्‍नुभयो, “मलाई पानी पिउन देऊ।” त्‍यति बेला उहाँका चेलाहरूचाहिँ खानेकुरा किन्‍न सहरमा गएका थिए। सामरी स्‍त्रीले भनिन्, “तपाईं यहूदी भएर पनि कसरी म सामरी स्‍त्रीसँग पिउने पानी माग्‍नुहुन्‍छ?” किनकि यहूदीहरूले सामरीहरूसँग कुनै सम्‍बन्‍ध राख्‍दैनथे। येशूले जवाफ दिनुभयो, “परमेश्‍वरको दान र तिमीसँग अहिले पानी माग्‍ने व्‍यक्तिलाई चिनेकी भए तिमीले पो उसित माग्‍नेथियौ अनि उसले तिमीलाई जीवित पानी दिनेथियो।” सामरी स्‍त्रीले भनिन्, “हजुर, तपाईंसित पानी भर्ने भाँडो पनि छैन, इनार पनि निकै गहिरो छ, तब कहाँबाट तपाईंले जीवित पानी ल्‍याउनुहुन्‍छ? यो इनार त हाम्रा पुर्खा याकूबले बनाउनुभएको हो। उहाँका छोरा-छोरी र भेडा-बाख्राहरू यही इनारको पानी पिउने गर्दथे। तपाईं हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्‍छ र?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्‍यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्‍मरी जीवन दिनेछ।” सामरी स्‍त्रीले भनिन्, “हजुर, त्‍यसो भए मलाई त्‍यही पानी दिनुहोस् अनि म फेरि कहिल्‍यै तिर्खाउनेछैनँ र यहाँ पानी लिन पनि आइरहनुपर्नेछैनँ।”

यूहन्‍ना 4 पढ्नुहोस्

यूहन्‍ना 4:7-15 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति