हबकूक 3:1-4

हबकूक 3:1-4 सरल नेपाली

यो हबकूक अगमवक्ताको प्रार्थना हो: हे परमप्रभु! मैले तपाईंको कामको बारेमा सुनेको छु र म अचम्‍मित भएँ। तपाईंले गर्नुभएका ती महान् कार्यहरू हाम्रो समयमा अब फेरि गर्नुहोस्। रिसाउनुहुँदा पनि हामीप्रति कृपालु हुनुहोस्। परमेश्‍वर फेरि तेमानबाट आउँदै हुनुहुन्‍छ, पवित्र परमेश्‍वर पारानका डाँडाहरूबाट आउँदै हुनुहुन्‍छ। उहाँको महिमाले स्‍वर्ग ढाकिन्‍छ, पृथ्‍वी उहाँको प्रशंसाले भरिएको छ। उहाँ बिजुलीको ज्‍योतिसित आउनुहुन्‍छ, उहाँको हातबाट प्रकाश चम्‍कँदछ, त्‍यहीँ उहाँको शक्ति लुकेको छ।

हबकूक 3 पढ्नुहोस्