शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताको प्रार्थना। हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्। परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। सेला उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।
हबकूक 3 पढ्नुहोस्
सुन्नुहोस् हबकूक 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हबकूक 3:1-4
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू