हबकूक 3:1-4

हबकूक 3:1-4 पवित्र बाइबल (NERV)

शिग्गिओनोथ रागमा हबकूक अगमवक्ताले प्रार्थना गर्छन्। हे परमप्रभु, मैले तपाईंको बिषयमा सुनें अनि आश्चर्यले पूर्ण भएँ। हे परमप्रभु! बिगतमा जुन महानकार्यहरू गर्नु भयो म त्यसमा छक्कपरें। अब म तपाईंलाई हाम्रो समयमा पनि यस्तो महान कार्य गर्नुहोस् भनि प्रार्थना गर्छु। म तपाईसँग बिन्ति गर्छु कि यो हाम्रो दिनहरूमा ती कुराहरू हुन दिनुहोस् तर जब तपाईं क्रोधित हुनुहुन्छ तब हामीमाथि पनि दया देखाउन याद राख्नु होस्। परमेश्वर तेमानवाट आउँनु हुँदैछ। पारान पर्वतबाट एक पवित्र आउनु हुँदैछ, आकाशमा उहाँको महिमाले स्वर्ग ढाक्यो, अनि पृथ्वी उहाँको प्रशंसाले भरियो। उहाँको गौरम चम्कन्छ, उहाँको हातबाट ज्योतिको किरणहरू निस्कियो अनि ती हातहरूमा उहाँको शक्ति लुकेकोछ।

शेयर गर्नुहोस्
हबकूक 3 पढ्नुहोस्