उत्‍पत्ति 46:1-4

उत्‍पत्ति 46:1-4 सरल नेपाली

याकूब आफ्‍ना सबै भारी कसेर हिँडे र बेर्शेबामा आइपुगे। त्‍यहाँ उनले आफ्‍ना बुबा इसहाकका परमेश्‍वरलाई बलि चढाए। अनि राती दर्शनमा परमेश्‍वर इस्राएलसँग बोल्‍नुभयो, “याकूब! ए याकूब!” “हजुर, म यहाँ छु,” उनले जवाफ दिए। उहाँले भन्‍नुभयो, “म परमेश्‍वर तेरा बुबाका परमेश्‍वर हुँ। मिश्रमा जान नडरा। तेरा सन्‍तानहरूलाई म त्‍यहाँ एउटा ठूलो जाति बनाउनेछु। म तँसित मिश्रमा जानेछु र तेरा सन्‍तानहरूलाई यस देशमा फर्काइल्‍याउनेछु। तेरो मरणको बेलामा योसेफ तेरो साथमा रहनेछ।”

उत्‍पत्ति 46 पढ्नुहोस्