उत्पत्ति 46:1-4
उत्पत्ति 46:1-4 NNRV
तब इस्राएल आफूसँग भएका सबै थोक लिएर हिँड़े, र बेर्शेबामा आएर आफ्ना बुबा इसहाकका परमेश्वरको निम्ति बलिदान चढ़ाए। अनि राती दर्शनमा परमेश्वरले इस्राएलसँग बोल्नुभयो, र “याकूब, याकूब” भनी तिनलाई बोलाउनुभयो। अनि तिनले भने, “म यहीँ छु।” उहाँले भन्नुभयो, “म परमेश्वर, तेरा बुबाका परमेश्वर हुँ। मिश्रमा जान नडरा, किनकि त्यहाँ म तँबाट एउटा ठूलो जाति बनाउनेछु। म तँसँग मिश्रमा जानेछु, र म तँलाई निश्चय नै फेरि फर्काइल्याउनेछु, अनि तेरो मृत्यु हुँदा योसेफकै हातले तेरा आँखा छोपिदिनेछ।” आफ्नो हात तेरो आँखामाथि राख्नेछ।

