एसाव, जसलाई एदोम पनि भनिन्थ्यो, उनका सन्तान यिनै हुन्। एसावले कनानी स्त्रीहरू विवाह गरे। उनले हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनको छोरा अनाकी छोरी ओहोलीबामा र इश्माएलकी छोरी नबायोतकी बहिनी बासमतलाई विवाह गरे। आदाले एलीपजलाई, बासमतले रूएललाई जन्माए र ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्माए। एसावका यी सबै छोराहरू कनान देशमा जन्मेका थिए।
त्यसपछि एसाव आफ्ना स्वास्नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्त्रीहरू र गाई-वस्तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्पत्तिसाथ लिएर हिँडे र आफ्नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए। आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्ने भयो, ती दुईका धेरै गाई-वस्तुहरू भए र तिनीहरू एक साथ बस्न सकेनन्। यसकारण एसाव सेइरको पहाडी देशमा गई बस्न लागे।
एदोमीहरूका पुर्खा एसावका वंश यी नै हुन्। एसावकी स्वास्नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्वास्नी तीम्न उनको अर्को एउटा छोरा अमालेकलाई जन्माइन्।
एसावकी स्वास्नी बासमतले उनको एउटा छोरा रूएललाई जन्माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्मा र मिज्जा भए।
सिबोनका छोरा अनाकी छोरी एसावकी स्वास्नी ओहोलीबामाले तीन छोराहरू– येऊश, यालाम र कोरहलाई जन्माइन्।
एसावबाट जन्मेका कुलहरू यी नै हुन्। एसावका जेठा छोरा एलीपजबाट तेमान, ओमार, सपो, कनज, कोरह, गाताम र अमालेक कुलहरू पैदा भए। यी सबै एसावकी स्वास्नी आदाका वंशहरू हुन्।
एसावका छोरा रूएलबाट नहत, जेरह, शम्मा र मिज्जा कुलहरू भए। यी सबै एसावकी अर्की स्वास्नी बासमतका हुन्।
एसावकी स्वास्नी ओहोलीबामाबाट येऊश, यालाम र कोरह कुलहरू भए। ओहोलीबामा अनाकी छोरी थिइन्। यी सबै कुलहरू एसावबाट जन्मेका थिए।
एदोम देशको अघिका बासिन्दाहरू कुल-कुलमा बाँडिएका थिए। तिनीहरूले होरी सेइरका यी सन्तानहरूलाई आफ्ना पुर्खा मान्थे लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
लोतान होरी र हेमान कुलका पुर्खा थिए। (लोतानकी एउटी बहिनी तीम्न थिई।)
शोबालका अल्बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थियो।
सिबोनका अय्या र अना नामका दुई छोराहरू थिए। (यही अनाले बुबाका गधाहरू हेरिराखेको बेलामा बनमा तातो पानीका मूलहरू भेट्टाएको थियो।) अना दीशोनका बुबा थिए। दीशान, हेमदान, एश्बान, यित्रान र करानका कुलका पुर्खा थिए। अनाकी एउटी ओहोलीबामा नाम गरेकी छोरी थिइन्।
एसेर बिल्हान, जावान र अकान कुलका पुर्खा थिए।
दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए।
एदोममा भएका होरी कुलहरू यिनै हुन्: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान।
इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्य गरेका थिए:
बओरका छोरा बेलाले दिन्हावा सहरबाट,
जेरहका छोरा योबाबले बोज्राबाट,
हूशामले तेमानीका इलाकाबाट,
बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए),
सम्लाले मास्रेकाबाट,
शौलले महानदी किनारको रहोबोतबाट,
अक्बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्वास्नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)।
एसाव यी एदोमी कुलहरूका पुर्खा थिए: तीम्न, अल्वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल र ईराम यी कुलहरू बसेका इलाकाहरूका नाम कुल नामअनुसार राखिएका थिए।