उत्‍पत्ति 36:1-43

उत्‍पत्ति 36:1-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एसाव, अर्थात्‌ एदोमको वृत्तान्‍त यही हो। एसावले कनानी स्‍त्रीहरूमध्‍येबाट पत्‍नी ल्‍याए: अर्थात्‌ हित्ती एलोनकी छोरी आदा र हिव्‍वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, तथा इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमत। एसावबाट आदाले एलीपजलाई जन्माइन्, र बासमतले रूएललाई जन्माइन्, अनि ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माइन्‌। कनान देशमा जन्‍मेका एसावका छोराहरू यी नै हुन्‌। आफ्‍ना पत्‍नीहरू, छोराछोरीहरू, र तिनको घरका सबै मानिसहरू, गाईबस्‍तुहरू, र तिनका अरू जम्‍मै पशुहरू र कनान देशमा प्राप्‍त गरेका सबै सम्‍पत्तिहरू लिएर एसाव आफ्‍नो भाइ याकूबबाट छुट्टिएर अर्को देशमा गए। धेरै धन-सम्‍पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्‍न सकेनन्‌। तिनीहरूका गाईबस्‍तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। यसकारण एसावले (अर्थात्‌ एदोमले) सेइरको देशमा बसोबास गरे। सेइरको पहाड़ी देशमा एदोमीहरूका पिता एसावको वृत्तान्‍त यही हो। एसावका छोराहरूका नाउँ यी नै हुन्‌: एसावकी पत्‍नी आदाका छोरा एलीपज, र एसावकी पत्‍नी बासमतका छोरा रूएल। एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। एसावका छोरा एलीपजकी तीम्‍न नाउँ भएकी एउटी भित्रिनी थिई। एलीपजबाट त्‍यसले अमालेकलाई जन्‍माई। एसावकी पत्‍नी आदाका नातिहरू यी नै हुन्‌। रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌। एसावकी पत्‍नी ओहोलीबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, एसावबाट तिनका यी छोराहरू भए: येऊश, यालाम र कोरह। एसावका सन्‍तानहरूमध्‍ये मुख्‍य-मुख्‍य यी नै हुन्‌: एसावका जेठा छोरा एलीपजका छोराहरू: मुखियाहरू तेमान, ओमार, सपो, कनज, कोरह, गाताम र अमालेक। एदोम देशमा एलीपजबाट भएका मुखियाहरू यी नै हुन्‌। यिनीहरू आदाका नातिहरू हुन्‌। एसावका छोरा रूएलका छोराहरू: मुखियाहरू नहत, जेरह शम्‍मा र मिज्‍जा। एदोम देशमा रूएलबाट भएका मुखियाहरू यी नै हुन्‌। एसावकी पत्‍नी बासमतका नातिहरू यी नै हुन्‌। एसावकी पत्‍नी ओहोलीबामाका छोराहरू: मुखियाहरू येऊश, यालाम र कोरह। अनाकी छोरी एसावकी पत्‍नी ओहोलीबामाले जन्‍माएका मुखियाहरू यी नै हुन्‌। एसाव, अर्थात्‌ एदोमका छोराहरू यी नै हुन्, र तिनीहरूका मुखियाहरू यिनी हुन्‌। त्‍यस देशका बासिन्‍दा होरी सेइरका छोराहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। एदोमको देशमा सेइरका यी छोराहरू होरी मुखियाहरू हुन्‌। लोतानका छोराहरू: होरी र हेमान। तीम्‍न लोतानकी बहिनी थिइन्‌। शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्‍या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेट्टाउने यी नै अना हुन्‌। अनाका छोराछोरीहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान। एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान। होरीहरूका मुखियाहरू यी नै हुन्‌: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। सेइर देशमा तिनीहरूका खलकअनुसार होरी मुखियाहरू यी नै हुन्‌। इस्राएलका कुनै राजाले राज्‍य गर्नुभन्‍दा अगि एदोम देशमा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिन्‍हावा थियो। बेलाको मृत्‍युपछि बोज्रामा बस्‍ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्‍य गरे। योबाबको मृत्‍युपछि तेमानीहरूको देशका हूशामले उनको सट्टामा राज्‍य गरे। हूशामको मृत्‍युपछि मोआब देशमा मिद्यानलाई जित्‍ने बददका छोरा हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ अवीत थियो। हददको मृत्‍युपछि मास्रेकामा बस्‍ने सम्‍लाले उनको सट्टामा राज्‍य गरे। सम्‍लाको मृत्‍युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्‍य गरे। शौलको मृत्‍युपछि अक्‍बोरका छोरा बाल-हानानले उनको सट्टामा राज्‍य गरे। अक्‍बोरका छोरा बाल-हानानको मृत्‍युपछि हददले उनको सट्टामा राज्‍य गरे। तिनको राजधानीको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ महेतबेल थियो। तिनी मत्रेदकी छोरी र मे-जाहाबकी नातिनी थिइन्‌। एसावबाट भएका मुखियाहरू तिनीहरूका नाउँ, देश र वंशअनुसार यी नै हुन्‌: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार मग्‍दीएल र ईराम। तिनीहरूले कब्‍जा गरेको देशमा तिनीहरूका वासस्‍थानअनुसार एदोमका मुखियाहरू यी नै हुन्‌। एदोमीहरूका पुर्खा एसावको वृत्तान्‍त यही हो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 पढ्नुहोस्

उत्‍पत्ति 36:1-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एसाव (अर्थात् एदोम) को विवरण यही हो। एसावले कनानी स्त्रीहरूबाट हित्ती एलोनकी छोरी आदा, हिव्वी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलीबामा, र नबायोतकी बहिनी इश्माएलकी छोरी बासमतलाई पनि आफ्नी पत्नी तुल्याए। एसावको निम्ति आदाले एलीपज, बासमतले रूएल, अनि ओहोलीबामाले येऊश, यालाम र कोरह जन्माइन्। यिनीहरू एसावका छोराहरू थिए, जो कनानमा जन्मेका थिए। एसाव आफ्ना पत्नीहरू, छोराहरू, छोरीहरू, आफ्ना घरानाका सदस्यहरूका साथै गाईबस्तु र आफ्ना सबै जनावरहरू र तिनले कनानमा प्राप्‍त गरेका सबै कुराहरू लिएर आफ्नो भाइ याकोबदेखि टाढा अर्कै देशमा गए। तिनीहरूका धनसम्पत्ति धेरै भएकोले तिनीहरू एकसाथ बस्‍न सकेनन्; तिनीहरूका गाईबस्तुका कारण तिनीहरू बसोबास गरेको देशले दुवैलाई धान्‍न सकेन। यसकारण एसाव (अर्थात् एदोम) सेइरको पहाडी मुलुकमा बसोबास गरे। सेइरको पहाडी मुलुकमा भएका एदोमीहरूका पुर्खा एसावको विवरण यही हो। एसावका छोराहरूका नाम यिनै हुन्: एसावकी पत्नी आदाका छोरा एलीपज र एसावकी पत्नी बासमतका छोरा रूएल। एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गाताम र कनज। एसावका छोरा एलीपजकी एउटी उपपत्नी पनि थिइन्; जसको नाम तिम्ना थियो, जसले तिनका निम्ति अमालेकलाई जन्माइन्। यिनीहरू एसावकी पत्नी आदाका नातिहरू थिए। रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए। अनाकी छोरी र सिबोनकी नातिनी, ओहोलीबामाले एसावका निम्ति जन्माएका छोराहरू यिनै हुन्: येऊश, यालाम र कोरह। एसावका सन्तानहरूमध्ये मुखियाहरूचाहिँ यिनै हुन्: एसावका जेठा छोरा एलीपजका छोराहरू: तेमान, ओमार, सपो, कनज, कोरह, गाताम र अमालेक। यिनीहरू नै एदोममा भएका एलीपजका सन्तानका मुखियाहरू थिए; तिनीहरू आदाका नातिहरू थिए। एसावका छोरा रूएलका छोराहरू: नहत, जेरह, शम्मा र मिज्जा। यिनीहरू एदोममा भएका रूएलका सन्तानका मुखियाहरू थिए; तिनीहरू एसावकी पत्नी बासमतका नातिहरू थिए। एसावकी पत्नी ओहोलीबामाका छोराहरू: येऊश, यालाम र कोरह। यिनीहरू अनाकी छोरी ओहोलीबामा अर्थात् एसावकी पत्नीबाट आएका सन्तानका मुखियाहरू थिए। यिनीहरू एसाव (अर्थात् एदोम) का छोराहरू थिए; र यिनीहरू नै तिनीहरूका मुखियाहरू थिए। त्यस इलाकामा बस्‍ने होरीत सेइरका छोराहरू यिनै थिए: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान। एदोम देशमा सेइरका यी छोराहरू होरीतवंशीका मुखियाहरू थिए। लोतानका छोराहरू: होरी र होमान। तिम्नाचाहिँ लोतानकी बहिनी थिइन्। शोबालका छोराहरू: अल्बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्या र अना। (यही अना हुन्, जसले आफ्ना पिता सिबोनका गधाहरू चराउँदै गर्दा जङ्गलमा तातो पानीको मूल पत्ता लाएका थिए।) अनाका सन्तानहरू: दीशोन र अनाकी छोरी ओहोलीबामा। दीशानका छोराहरू: हेमदान, एश्बान, यित्रान र करान। एसेरका छोराहरू: बिल्हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र अरान। यिनीहरू होरी जातिका मुखियाहरू थिए: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। यिनीहरू नै सेइर देशमा तिनीहरूका दलअनुसार होरी जातिका मुखियाहरू थिए। कुनै इस्राएली राजाले राज्य गर्नुभन्दा अगि एदोममा राज्य गर्ने राजाहरू यिनै थिए: बओरका छोरा बेला एदोमका राजा भए। तिनको सहरको नाम दिन्हावा राखियो। बेलाको मृत्युपछि, बोज्रामा बस्‍ने जेरहका छोरा योबाब तिनको ठाउँमा राजा भए। योबाबको मृत्युपछि, तेमानीहरूको देशमा बस्‍ने हूशाम तिनको ठाउँमा राजा भए। हूशामको मृत्युपछि, मोआबको देशमा मिद्यानलाई जित्ने बेददका छोरा हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम अवीत राखियो। हददको मृत्युपछि, मस्रेकामा बस्‍ने शम्‍ला तिनको ठाउँमा राजा भए। शम्‍लाको मृत्युपछि, यूफ्रेटिस नदी नजिकै बस्‍ने रहोबोतका शौल तिनको ठाउँमा राजा भए। शौलको मृत्युपछि, अक्बोरका छोरा बाल-हानान तिनको ठाउँमा राजा भए। अक्बोरका छोरा बाल-हानानको मृत्युपछि, हदद तिनको ठाउँमा राजा भए। तिनको सहरको नाम पाऊ राखियो। तिनकी पत्नीको नाम महेतबेल थियो, जो मत्रेदकी छोरी र मेजहाबकी नातिनी थिइन्। तिनीहरूका वंश र क्षेत्रअनुसार एसावका सन्तानका मुखियाहरूका नाम यिनै हुन्: तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल र ईराम। तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बसोबासअनुसार एदोमका मुखियाहरू यिनै थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 पढ्नुहोस्

उत्‍पत्ति 36:1-43 पवित्र बाइबल (NERV)

एसावको पारिवारिक इतिहास यही हो। एसावले कनानी स्त्रीहरूसित विवाह गरे। तिनीहरू थिएः हित्ती एलोनकी छोरी आदा, अन्नाकी छोरी ओहोलीबामा अनि हिव्वी सिनीकी नातिनी अनि बासमत-इश्माएलकी छोरी अनि नबायोतकी बहिनी। एसाव अनि आदाले एलीपज नाउँको छोरो जन्माए। बासमतले रूएल नाउँको छोरो जन्माइन्। अनि ओहोलीबामाका तीन जना छोराहरू थिएः तिनीहरूको नाउँ-यऊश, यालाम अनि कोरह। तिनीहरू एसावका छोराहरू थिए जो कनान भूमिमा जन्मे। याकूब अनि एसावाका परिवारहरू अत्यन्तै विशाल भए जसले गर्दा कनान भूमिको अन्नले तिनीहरूलाई पुग्न असम्भव भयो। यसर्थ एसावले आफ्नो भाइ याकूबलाई छोडेर धेरै टाढा देशमा गए। एसावले आफ्ना सबै चीजहरू आफूसँग लिएर गए। कनानमा हुँदा उनले यी सब चीजहरू प्राप्त गरेको थियो। यसर्थ एसावले आफूसँग पत्नीहरू छोराहरू, छोरीहरू, सबै नोकरहरू, पशुहरू लग्यो। एसाव र याकूबको परिवारहरू यति बढ्दै गए, तिनीहरूलाई एकै ठाउँमा बस्न असम्भव भयो। त्यस भूमिबाट दुइ परिवारहरूलाई जीवन निर्वाह गर्न मुश्किल थियो। तिनीहरूसित धेरै गाई-वस्तुहरू थिए। एसाव पहाडी भूमि सेइरतिर लागे (एसावको नाउँ एदोम अनि सेइर पनि हो।) एसाव एदोमी मानिसहरूका पिता थिए। सेईर एदोमको पहाडी भूमिमा बस्ने एसावका परिवारहरूको नाउँ यी नै हुन्, एसाव र आदाको छोरोको नाउँ एलीपज हो। एसाव र बासमतको छोरोको नाउँ रूएल हो। एलीपजका पाँचजना छोराहरूको नाउँ थियोः तेमान, ओमार, सपो, गोताम अनि कनज। एलीपजकी पनि एउटी दासी थिइ। उसको नाउँ तिम्ना थियो अनि तिम्ना र एलीपजको अमालेक नाउँका छोरो थियो। रूएलका चारजना छोराहरू थिए। तिनीहरूः नहत, जेरह, शम्मा र मिज्जा थिए। यिनीहरू एसावकी पत्नी बासमत पट्टीका नातिहरू नै हुन्। एसावकी साइँली पत्नी सेबोनकी छोरो अन्नाकी छोरी ओहोलीबामा थिइन्। एसाव र ओहोलीबामाकी छोरीहरू यऊश, यालाम र कोरह थिए। यी परिवार एसावबाट आएका हुन्। एसावको जेठा छोरो एलीपज थियो। एलीपजबाट यिनीहरू आए – तेमान, गोमार, सपो, कनज, कोरह, गाताम अनि अमालेक। ती सबै परिवारिक मुखियाहरू एसावकी पत्नी आदाबाट जन्मेका हुन्। एसावको छोरो रूएल यी परिवारहरूको पहिलो बाबु थियो। नहत, जेरह, शम्मा अनि मिज्जा। ती सब परिवाहरू एसावकी पत्नी बासमतबाट आएका हुन्। एसाव को पत्नी र अनाकी छोरी ओहोलीबामाबाट जन्मेका छोराहरू हुन्; यऊश, यालाम अनि कोरह। ती तीन जना मानिसहरू तिनीहरूको परिवारहरूका बाबु हुन्। यी मानिसहरू एसाव (एदोम) बाट आएका परिवाका प्रमुखहरू थिए। एसावभन्दा अघि एदोममा सेइर नाउँको एक होरी मानिस बस्थ्यो। सेइरका छोराहरू थिए: लोतान, शोबाल, सिओन, अना, दीशोन, एसेर, दीशान। यी छोराहरू एदोममा सेईबाट आएका छोरी पारिवार मुखियाहरू थिए। लोतान होरी र हेमानको बाबु थियो। (तिम्ना लोतानकी बहिनी थिई।) शोबालः अल्बान, मानहत, एबाल, सपो अनि ओनामका बाबु थियो। सिबोनका अय्या र अना नाउँका दुइ छोराहरू थिए। (अना त्यही मानिस थियो जसले पहाडमा आफ्नो बाबुका गधाहरूको हेरचाह गर्दा तातो पानीको मुहान भेट्टाएको थियो।) दीशोन र ओहोलीबामाका बाबु अना थिए। दीशोनका चार छोराहरू हेमदान, एश्बान, यित्रान र करान थिए। एसेरका तीन जना छोराहरू बिल्हान, जावान र अकान थिए। दीशोनका दुइ छोराहरू ऊज र आरान थिए। होरी परिवाहरूका प्रमुखहरू थिए-लोतान, शोनान, सिबोन, अना, दीशान, एसेर, अनि दीशान। जो सेइर भूमिमा बसे तिनीहरूको पारिवारिक प्रमुखहरू ती मानिसहरू नै थिए। त्यस समयमा एदोममा राजाहरू थिए। इस्राएल राजा हुनुभन्दा धेरै समयअघि एदोममा राजाहरू थिए। बओरको छोरो बेला राजा थियो जसले एदोममा शासन गर्यो। उनले दिन्हारा शहरमाथि शासन गर्यो। जब बेला मर्यो योबाब राजा भयो। योबाब बोज्रामाको जेरहको छोरो थियो। जब योबाब मर्यो, हूशामले शासन गर्यो। हूशाम तेमानी मानिसहरूको देशको थियो। जब हूशाम मर्यो हददले त्यस इलाकाको शासन गर्यो। हदद बेदादको छोरा थियो (हदद ऊ थियो जसले माओबको भूमिमा मिद्यानीहरूलाई जितेको थियो।) हदद अबीत शहरको थियो। जब हदद मर्यो सम्लाले देशमा शासन चलायो। सम्ला मसेकामाको थियो। जब सम्ला मर्यो त्यो इलाकामा शावलले शासन चलायो। शावल फरात नदीको किनारमा रहोबोतको थियो। जब शावल मर्यो त्यो देशमा बाल्हनानले शासन चलायो। बाल्हनान अकबोरको छोरो थियो। जब बाल्हनान मर्यो, हदरले त्यहाँ शासन गर्यो। हदर पाऊ शहरको थियो। हदरकी पत्नीको नाम महेतबेल थियो, तिनी मत्रेदकी छोरी थिइन्। (मेजाहाब मत्रेदको बाबु थियो।) एसाव एदोमी परिवारहरूः तिम्ना, अल्वा, यतेत, ओहोलीबामा, एला, पीनोन, कनज, तेमान, मिब्सार, मग्दीएल अनि ईरामको बुबा थियो। यी परिवारहरू प्रत्येक नै त्यस इलाकामा बसो – बास गरे जुन इलाकाको नाउँ र पारिवारको नाउँ एकै थियो।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 पढ्नुहोस्

उत्‍पत्ति 36:1-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एसाव, जसलाई एदोम पनि भनिन्‍थ्यो, उनका सन्‍तान यिनै हुन्। एसावले कनानी स्‍त्रीहरू विवाह गरे। उनले हित्ती एलोनकी छोरी आदा, हिव्‍वी सिबोनको छोरा अनाकी छोरी ओहोलीबामा र इश्‍माएलकी छोरी नबायोतकी बहिनी बासमतलाई विवाह गरे। आदाले एलीपजलाई, बासमतले रूएललाई जन्‍माए र ओहोलीबामाले येऊश, यालाम र कोरहलाई जन्‍माए। एसावका यी सबै छोराहरू कनान देशमा जन्‍मेका थिए। त्‍यसपछि एसाव आफ्‍ना स्‍वास्‍नीहरू र छोरा-छोरीहरू, घरका सबै पुरुषहरू र स्‍त्रीहरू र गाई-वस्‍तुहरू अनि कनान देशमा कमाएका सारा धन-सम्‍पत्तिसाथ लिएर हिँडे र आफ्‍नो भाइ याकूबदेखि टाढा अर्कै देशमा गए। आफू बसेको जमिनमा दाजुभाइ दुवैका जीविका नचल्‍ने भयो, ती दुईका धेरै गाई-वस्‍तुहरू भए र तिनीहरू एक साथ बस्‍न सकेनन्। यसकारण एसाव सेइरको पहाडी देशमा गई बस्‍न लागे। एदोमीहरूका पुर्खा एसावका वंश यी नै हुन्। एसावकी स्‍वास्‍नी आदाले उनको एउटा छोरा एलीपजलाई जन्‍माइन्। एलीपजका पाँच छोराहरू तेमान, ओमार, सपो, गाताम र कनज भए। उनकी अर्की स्‍वास्‍नी तीम्‍न उनको अर्को एउटा छोरा अमालेकलाई जन्‍माइन्‌। एसावकी स्‍वास्‍नी बासमतले उनको एउटा छोरा रूएललाई जन्‍माइन्। रूएलका चार छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा भए। सिबोनका छोरा अनाकी छोरी एसावकी स्‍वास्‍नी ओहोलीबामाले तीन छोराहरू– येऊश, यालाम र कोरहलाई जन्‍माइन्। एसावबाट जन्‍मेका कुलहरू यी नै हुन्। एसावका जेठा छोरा एलीपजबाट तेमान, ओमार, सपो, कनज, कोरह, गाताम र अमालेक कुलहरू पैदा भए। यी सबै एसावकी स्‍वास्‍नी आदाका वंशहरू हुन्। एसावका छोरा रूएलबाट नहत, जेरह, शम्‍मा र मिज्‍जा कुलहरू भए। यी सबै एसावकी अर्की स्‍वास्‍नी बासमतका हुन्। एसावकी स्‍वास्‍नी ओहोलीबामाबाट येऊश, यालाम र कोरह कुलहरू भए। ओहोलीबामा अनाकी छोरी थिइन्। यी सबै कुलहरू एसावबाट जन्‍मेका थिए। एदोम देशको अघिका बासिन्‍दाहरू कुल-कुलमा बाँडिएका थिए। तिनीहरूले होरी सेइरका यी सन्‍तानहरूलाई आफ्‍ना पुर्खा मान्‍थे लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। लोतान होरी र हेमान कुलका पुर्खा थिए। (लोतानकी एउटी बहिनी तीम्‍न थिई।) शोबालका अल्‍बान, मानहत, एबाल, शपो र ओनाम कुलका पुर्खा थियो। सिबोनका अय्‍या र अना नामका दुई छोराहरू थिए। (यही अनाले बुबाका गधाहरू हेरिराखेको बेलामा बनमा तातो पानीका मूलहरू भेट्टाएको थियो।) अना दीशोनका बुबा थिए। दीशान, हेमदान, एश्‍बान, यित्रान र करानका कुलका पुर्खा थिए। अनाकी एउटी ओहोलीबामा नाम गरेकी छोरी थिइन्‌। एसेर बिल्‍हान, जावान र अकान कुलका पुर्खा थिए। दीशानचाहिँ ऊज र आरान कुलका पुर्खा थिए। एदोममा भएका होरी कुलहरू यिनै हुन्: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर र दीशान। इस्राएल देशमा राजाहरू हुनुभन्दा अघि एदोम देशमा क्रमैसित यिनीहरूले राज्‍य गरेका थिए: बओरका छोरा बेलाले दिन्‍हावा सहरबाट, जेरहका छोरा योबाबले बोज्राबाट, हूशामले तेमानीका इलाकाबाट, बददका छोरा हददले अवीतबाट (तिनले मोआब देशको एउटा लडाइँमा मिद्यानीहरूलाई हराएका थिए), सम्‍लाले मास्रेकाबाट, शौलले महानदी किनारको रहोबोतबाट, अक्‍बोरको छोरा बाल-हानानले र हददले पाऊबाट (तिनकी स्‍वास्‍नी महेतबेल मत्रेदकी छोरी र मेजाहाबकी नातिनी थिई)। एसाव यी एदोमी कुलहरूका पुर्खा थिए: तीम्‍न, अल्‍वा, यतेत, ओहोलीबामा, एलाह, पीनोन, कनज, तेमान, मिब्‍सार, मग्‍दीएल र ईराम यी कुलहरू बसेका इलाकाहरूका नाम कुल नामअनुसार राखिएका थिए।

शेयर गर्नुहोस्
उत्‍पत्ति 36 पढ्नुहोस्