उत्‍पत्ति 32:24-29

उत्‍पत्ति 32:24-29 सरल नेपाली

उनी आफैंचाहिँ एक्‍लै त्‍यहीँ बसिरहे। तब एक जना मानिस आएर बिहान हुने बेलासम्‍म उनीसित कुस्‍ती लडे। त्‍यस मानिसले आफूले जित्‍न नसकेको देखेर याकूबको कम्‍मरमा हिर्काए र उनको हाडको जोर्नी फुस्‍काइदिए। तब त्‍यस मानिसले भने, “मलाई जान देऊ, बिहान हुन लाग्‍यो।” याकूबले उत्तर दिए, “मलाई आशीर्वाद नदेउञ्‍जेल म तपाईंलाई जान दिन्‍नँ।” “तिम्रो नाम के हो?” त्‍यस मानिसले सोधे। “याकूब!” उनले उत्तर दिए। त्‍यस मानिसले भने, “अब उसो तिम्रो नाम याकूब होइन। तिमीले परमेश्‍वर र मानिसहरूसित लडाइँ गरेर जितेका हौ। यसकारण तिम्रो नाम ‘इस्राएल’ हुनेछ।” याकूबले भने, “मलाई तपाईंको नाम बताउनुहोस्।” तर उनले उत्तर दिए, “तिमीलाई मेरो नाम किन चाहियो?” तब उनले याकूबलाई आशीर्वाद दिए।

उत्‍पत्ति 32 पढ्नुहोस्